युरोपमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरु सम्मानित

ENGLISH

NRN GLOBAL

युरोपमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरु सम्मानित

सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्याउँने व्यक्तित्वहरु सम्मानित

13 July, 2016 | arjun baral | 1775 Views | comments

europ1
बार्सिलोना , युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्याउँने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्।

europ2

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका, बरिष्ट संचारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि गैर आबासी नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष कुमार पन्तले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनले उत्पादन गरेको पहिलो अडियो बुक हो।

europ3
बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन–सुन्न पाउँदा झनै रुचाएका छन्। उनले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई अडियो बुकको रुपमा ल्याएका छन्।

europ4
यस्तै गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुल आचार्य “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। सन् २००३ देखि नै संघका गतिबिधिलाई,नजिकवाट बुझेका आचार्य गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको सदस्य,कार्यसमिति उपाध्यक्ष हुँदै एनआरएनए युकेको अध्यक्ष समेत बने। उनले आईसीसी सदस्य हुँदै हाल युरोप क्षेत्रको संयोजकको रुपमा जिम्मेबारी सम्हालेका छन्। एनआरएन युकेको अध्यक्ष हुँदा आचार्यले साना-ठुला गरी ६२ बढी च्यारिटी कार्यक्रमहरु गरेका थिए।

europ5
कलाकारिताको क्षेत्रबाट चर्चित बाँसुरीबाधक बिनोद कटुवाल सम्मानित भएका छन्। ५ बर्ष देखि स्पेनमा बस्दै आएका कटुवालले बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाएका छन्। बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्डसँग मिलेर, बिदेशी संगीतमा बासुरीको धुन मिलाउँदै उनि अनबरत संगीत यात्रामा लागि परेका छन्।

europ6
प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए केन्द्रिय उपाध्यक्ष पन्तले मिडियासँगको सहकार्य र हातेमालो नै गैर आबासीय नेपाली संघ आजको स्थानमा आएको स्मरण गरे। बार्सिलोनामा भएको बिशेष समारोहमा एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राजभण्डारी,सह -संयोजक रजनी प्रधान,आईसीसी सदस्यहरु डा। बिनय श्रेष्ठ,एकराज गिरी,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ,एनआरएन स्बिजरल्याण्ड युवा फोरम संयोजक अर्जुन बस्ताकोटी,जंगम खड्का लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देशका साथ भएको कार्यक्रममा एक बिशेष भिडियो सामाग्री प्रस्तुत गरिएको थियो। तिन दशक देखि नेपाली अबैतानिक बाणिज्य दूतको रुपमा कार्यरत लुईस बेल्बिसले बिशेष अतिथिको रुपमा बोल्दै अन्य बेला भन्दा यो बेला नेपाल पुग्नु पर्नेमा जोड दिए।

स्बिजरल्याण्डका गायक सुभाष सुन्दास,संगीतकार रामु परियार लगायतका कलाकारहरुले लाईभ सांगीतिक प्रस्तुती राखेका थिए। स्थानीय कलाकारहरुले पनि बार्सिलोनालाई संगीतमय बनाएका थिए। मिडियाका प्रधान सम्पादक बसन्त रानाभाटले एनआरएन अभियन्ता लगायत युरोपका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थितिले कार्यक्रम ऎतिहासिक भएको बताए।

कष्टकर जीवन बिताइरहेका २३ नेपालीको पोर्चुगलबाट उद्धार (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK