युगान्डाको कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका बैठक हुने

ENGLISH

युगान्डाको कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका बैठक हुने

2 November, 2018 | Sandeep Bhattarai | 1530 Views | comments

अफ्रिका

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका बैठक आगामी डिसेम्बर २९ र ३०तारिकमा पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी शहर कम्पालामा हुने भएको छ ।

अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती, अन्तराष्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएनए नेतृत्वको पनि सहभागिता रहने बैठकको मूल बिषय ”विकासका अनुभवहरु एक आपसमा साट्दै ” हुनेछ ।

जस अनुरुप अफ्रिकन र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरुले अफ्रिकी विकास र त्यहाँ केही राष्ट्रहरुमा भइरहेको द्रुत गतिको आर्थिक विकासको अनुभवहरु बारे कार्यपत्र पेश गर्ने छन ।त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन्।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रममन्त्री मध्ये एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन् ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन । बैठकका मूल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा आयोजना गरिनेछ ।

कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK