युकेमा ९४ बर्षीय दलवीरले जिते गोर्खा दौड

ENGLISH

NRN GLOBAL

युकेमा ९४ बर्षीय दलवीरले जिते गोर्खा दौड

8 June, 2016 | Bipin Acharya | 505 Views | comments

बेलायतको अक्सबोर्डमा सम्पन्न गोरखा वाक तथा दौडको उपाधि ९४ बर्षीय भुपु गोर्खा दलवीर लिम्बुले जितेका छन् ।

Dalbir-Limbu

विश्वविख्यात भिक्टोरियाक्रस विजेता १३ गोर्खाहरुको सम्झनामा आयोजित वाक तथा दौडमा सुपर भेट्रानतर्फको उपाधि बयोबृद्ध लिम्बुले जितेका हुन् । बिजेता लिम्बुलाई बेलायतका लिवरल डेमोक्रयाटिक पार्टीका नेता तथा गोर्खा अधिकार अभियान्ता पिटर क्यारोलले पुरस्कार वितरण गरे ।

पुरस्कार प्रदान गर्दै उनले सम्पूर्ण गोर्खाका सबै सन्तानलाई बेलायत ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यता सुपर भेट्रान महिला तर्फको उपाधि ८५ बर्षीया फिष्टीमाया थापामगरले जित्न सफल भइन् । लिम्बु र थापामगरले उकालो, ओह्रालो भएको १३ किलोमिटर दूरी हिँडेर पार गरेका थिए ।

यता युवा दौडको उपाधि भने लालधन राईले जिते । उनले १ घण्टा १२ मिनेटमा निर्धारित दूरी पूराम गरेका थिए । यस बिधामा नविन्ऽ लिम्बु र मुगाधन तामाङ क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ निशा गुरुङले लगातार दोस्रो पटक उपाधि जितिन् । उनी अघिल्लो बर्षको पनि बिजेता हुन् । यस बिधामा चन्ऽकला राई र शान्ति लिम्बु क्रमशः दोस्रो र तेस्रो बने ।
केन्टको सुन्दर मध्येको एक इष्टवेल म्यानर स्टेट आसफोर्डमा आयोजित दौडको अन्त्यमा गायक थीर थापा, सुष्मा राई र स्थानीय गोर्खा ब्याण्डको सांगीतिक प्रस्तुतिमा बृद्ध आमाबुबा छमछम नाचेका थिए ।

गोर्खा पीस फाउन्डेशनद्धारा आयोजित तेस्रो संस्करणको वाक तथा दौडको लागि ५ सयले दर्ता गरेपनि प्रत्यक्ष सहभागीहरु भने ४ सयको हाराहारीमा थिए । यो सङ्ख्या गतबर्षको भन्दा धेरै हो । कार्यक्रमको अन्तमा फाउन्डेशनका अध्यक्ष भिम तुम्बाहाम्फे र संयोजक प्रेम थक्लुङले सबैलाई धन्यवाद ब्यक्त गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK