युएई नेपाल सहकारी संघले नेपाललाई ज्ञापनपत्र बुझायो

ENGLISH

NRN GLOBAL

युएई नेपाल सहकारी संघले नेपाललाई ज्ञापनपत्र बुझायो

2 March, 2016 | Sandeep Bhattarai | 480 Views | comments

sa1प्रवासमा दिनानुदिन सहकारीको स्थापना हुने लहर चलिरहेको र यस्लाई व्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै युएईमा बिभिन्न उद्देश्यमा खुलेका सहकारीको सहजिकरण गर्दै दिर्घकालिन ठोस योजना सहित अघि बढ्ने उद्देश्यले युएईमा रहेका १५ ओटा भन्दा बढी बचत तथा ऋण समुहको छाता सङ्गठनका रुपमा २५ सेप्टेम्बर २०१५ मा “नेपाल सहकारी संघ युएई” स्थापना गरिएको हो ।

स्थापना पश्चात छरिएर रहेको बचत सङ्कलनलाई व्यवस्थित गर्ने र दीर्घकालीन लगानीमा प्रोत्साहन गर्ने, बचतकर्तालाई सहकारी सम्बन्धि ज्ञान प्रदान गर्ने जस्ता योजनाका साथ अघी बढीरहेको नेपाल सहकारी संघ युएईको तर्फबाट सह-संयोजक सुत्रमणि दुमी राई तथा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी संस्थाका निबर्तमान अध्यक्ष रामकुमार चाम्लिङले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष, कार्यकारी प्रमुख सहितको समुपस्थितिमा प्रबासमा गठित सहकारीहरुलाई व्यवस्थित रुपमा लगानी गर्न अभिप्रेरित गर्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको सहयोगको जिज्ञासा राखेका छन् ।

saप्रवासमा रहेका सहकारीलाई व्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत संस्थाको समान उद्देश्य बनाउदै यसको दिर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानीको योजना सहित प्रबासमा स्थापित नेपाल सहकारी संघ युएईले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीको कार्यालयमा पुगी सहकार्य, सहजता र दीघकालीन योजनामा सहयोग गर्न र सहकारी ऐन मार्फत सबै बचतकर्ताको लगानीलाई सुरक्षितरूपमा लगानी गर्न पहल गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका अध्यक्ष श्री ऋषिराज घिमिरे, कार्यकारी प्रमुख शिबजी सापकोटा , महासचिव पारितोश पौडेल र आइ टि डिपार्टका प्राबिधिक राजन सुवेदी र लभ सुन्दर श्रेस्ठको समूपस्थितिमा ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र पछी प्रवासमा सन्चालन भएको सहकारी र यस्को भविष्य माथी समसामयिक बिषयमा छ्लफल गर्दै प्रवासमा सन्चालन भएका सहकारीहरुलाई सस्थागत गर्न र अन्य संस्थाहरुलाइ पनि आवश्यक पर्ने सहयोग गर्न केन्द्रीय सहकारी संघ तयार रहेको संघका अध्यक्ष ऋषि राज घिमिरेले बताउनु भयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK