युएईविरुद्ध हुने खेलको लागि नेपाली टोलीको घोषणा

ENGLISH

SPORTS

युएईविरुद्ध हुने खेलको लागि नेपाली टोलीको घोषणा

27 November, 2017 | Kunjar Bhattarai | 1525 Views | comments


आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने अन्तिम दुई खेलका लागि सोमबार अन्तिम खेलाडीको नाम सार्वजनिक गरिएको छ । अन्तिम नामावलीमा १४ खेलाडी सहित ४ वैकल्पिक खेलाडी रहने छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिसकेको नेपाल डिभिजन २ मा घटुवा भइसकेको छ।नेपाल र युएइबीचको खेल आगामी मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा हुनेछ । छनोटमा अतिरिक्त खेलाडीको रुपमा कुशल भुर्तेल, अनिल कुमार साह, जितेन्द्रकुमार मुखिया र सिद्धान्त लोहनी रहेका छन् । ति मध्ये कुशल भुर्तेल र अनिल कुमार शाहमात्र अतिरिक्त खेलाडीको रुपमा युएई जाँदैछन् ।

युएईविरुद्धको खेलको लागि नेपालले दुई अभ्यास खेल खेल्नेछ । नेपालले मंसिर १५ गत्ते अमेरिका र मंसिर १५ मा केन्यासंग अभ्यास खेल खेल्नेछ । नेपाली टिम नोभेम्बर २९ मा युएई प्रस्थान गर्नेछ ।

छनोट भएका खेलाडीको नामावली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उप-कप्तान)
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
बिनोद भण्डारी
सोमपाल कामी
सागर पुन
मोहम्मद आरिफ शेख
करण केसी
सन्दिप लामिछाने
दिपेन्द्र सिंह ऐरी
दिलिप नाथ
ललित भण्डारी

अतिरिक्त खेलाडी
कुशल भुर्तेल
अनिल कुमार साह
जितेन्द्रकुमार मुखिया
सिद्धान्त लोहनी

 

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : दोस्रो चरणमा २० खेलाडीको छनोट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK