युएईमा २१ नेपाली प्रकरणः दुतावासले यसो भन्यो

ENGLISH

NRN GLOBAL

युएईमा २१ नेपाली प्रकरणः दुतावासले यसो भन्यो

लक्ष्मण खनाल ,युएई

25 July, 2017 | Bipin Acharya | 955 Views | comments

भिजिट भिषामा युएईमा पुगेर अलपत्र परेका २१ जना नेपालीको समस्या समाधान गर्न भागिरथ प्रयास गरेको भन्दै दुतावासले प्रेस विज्ञप्ती जारी गरेको छ ।

सोमबार नेपाली राजदुतावास युएईद्वारा जारी गरिएको विज्ञप्तीमा दुतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रयास गर्दा पनि विभिन्न अनलाइन मिडियाहरुलो दुतावासको मिलेमतो भनेर समाचार आएकोमा खण्डन गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,‘दुतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म समस्या समाधान गर्न भागिरथ प्रयास गर्दा गर्दै पनि केही अनलाइन संस्करणहरुले समस्या समाधान गर्न पहल नगरेको, दुतावासका कर्मचारीसंग परिचय सम्म नभएका एजेण्टसँग उठवस गरेको, मिलेमतो गरेको प्रकाशित समाचार भ्रामक, तथ्यहीन, दुतावासको असल नियत र दुतावासको सेवाप्रति पुर्वाग्राहीयुक्त देखिन्छ ।’ उक्त समस्या समाधानको लागि परराष्ट्रलाई पत्रचार गरिएको पनि दुतावासले विज्ञप्तीमा जनाएको छ ।

पीडितहरु ठमेलमा रहेको अर्थलाइन र क्रोमेज ट्राभल्समार्फत दुइलाख देखी तिनलाख असीहजार सम्म तिरेर युएई आएका थिए । युएईमा आइसकेपछि उनिहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वाहानामा प्रतिव्यक्ति एक हजार डलर युएईमा आइसकेपछी उनीहरुसंग लिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK