युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

ENGLISH

NRN GLOBAL

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

20 January, 2018 | Kunjar Bhattarai | 865 Views | comments

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका एक युवकको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिकास्थित यमुनाडाँडाका २७ वर्षीय अमृत श्रेष्ठको बिहीबार राति मफ्रकस्थित आफ्नै कम्पनीको क्याम्पमा सुतिरहेको अवस्थामा  मृत्यु भएको उनको परिवारले बताएको छ।

रोजगारीका लागि विदेश गएको ५५ दिन मात्रै भएको थियो । एकै कोठामा बस्ने मोरक्कन सहकर्मीका अनुसार अघिल्लो दिन साँझ ड्युटीबाट फर्किएपछि नुहाएर सुतेका थिए। उनी सुत्ने बेलाको अवस्था सामान्य रहेको बताइएको छ। काममा अनुपस्थित भएपछि कम्पनीले बिहान करिब ८ बजे खोजी गर्दा उनी आफ्नै ओछ्यानमा कोल्टे फर्किएर सुतेको अवस्थामा मृत फेला परेका थिए।

हृदयघातको आशंका गरिएको उनको शवलाई पोस्टमार्टमको लागि आबुदाबीस्थित खलिफा हस्पिटलमा राखिएको छ। मृतक श्रेष्ठ आबुदाबीस्थित ‘सेक्युरिगार्ड मिडल इस्ट कम्पनी’को मातहतमा कर्नेसको ‘एडनक’मा सुरक्षाकर्मीको रुपमा कार्यरत थिए।

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK