युएईमा शिखर सम्मान – २०७३ हुँदै

ENGLISH

NRN GLOBAL

युएईमा शिखर सम्मान – २०७३ हुँदै

12 September, 2016 | Sandeep Bhattarai | 1070 Views | comments

शिखर सम्मानयुएई  –  विभिन्न क्षेत्रका व्यक्तित्वलाई सामाजिक योगदानका आधारमा सम्मान गर्दै आएको शिखर नेपालले पहिलोपटक युएईमा युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा शिखर सम्मान–२०७३ कार्यक्रम गर्ने भएको छ ।

कलाकारिताको माध्यमबाट नेपाली थियौं, नेपाली हौ, नेपाली रहन्छौं’ भन्ने मूलनाराका साथ समाजमा बिद्यमान विकृती विसंगती विरुद्ध आवाज उठाउदै आएको सामाजिक संस्था हो शिखर नेपाल । नेपालमा बिगत १४ बर्ष देखि नियमित रुपमा बिभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै आएको यस संस्थाले बिदेशी भूमि युएईमा पहिलोपटक नेपालीकला, सांस्कृतिक, खेलकुद,व्यापार व्यवसाय एवं सामाजिक क्षेत्रका बिभिन्न अबल व्यक्तिलाई शिखर सम्मान–२०७३ बाट सम्मान गर्ने शिखर नेपालका अन्तर्रा्ष्ट्रिय प्रतिनिधि रमेश ढकालले बताएका छन् ।

नेपाल पत्रकार महासंघ युएई शाखाको समन्वयमा माननीय नेपाल सरकारको युवातथा खेलकुदमन्त्री दलजीत बिक श्रीपालीको प्रमुख आतिथ्यता एवं नेपाली दुताबास अबुधाबीका कार्यबाहक राजदुत, नेपाली चलचित्र ,पत्रकारिता, खेलकुद क्षेत्रकाबिभिन्न राष्ट्रिय व्यक्तित्वहरुको विशिष्ठ आतिथ्यतामा शिखर सम्मान–२०७३ तथा युवा सरोकार अन्तरक्रियात्मक कार्यक्रमको हुने नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालले जनाएका छन् ।

सेप्टेम्बर २३ तारिक युएईको काल्टन टावरमा प्रवासमा रहेर बिभिन्न क्षेत्रमा सेवा गर्दै आएका एवं नेपाल र नेपालीको पहिचानलाई आफनो पेशा तथा व्यावसायिक रुपमा उच्च राखेका आधादर्जन बिशेष व्यक्तित्वहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए।

शिखर नेपाल स्थापनाकाल देखी नै जनचेतनामूलक, स्वयंसेवी सेवामूलक कार्य गर्दै आईरहेको छ। यसले राष्ट्रिय जागरण अभियान, चेलीबेटी बेचबिखन बिरुद्ध अभियान, एचआइभी एड्स बिरुद्धको कार्यक्रम तथा अन्य क्षेत्रमा सडक नाटक, टेलिफिल्म, वृत्तचित्र आदिको निमार्ण प्रशारण एवं प्रदर्शन गर्नुको साथै व्यक्तित्व विकाससंग सम्बन्धित कामहरु गर्दै आइरहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताएका छन ।

गत जेठ २ गते शिखर नेपालको १३ औ बार्षिकोत्सब अबसरमा काठमाडौको राष्ट्रिय सभा गृह हलमाभएको शिखर समान २०७३ बाट गैर आबासीय नेपाली संघ युएई अध्यक्ष सुदीप कार्की,नेपाल पत्रकार महसंघ युएई शाखा अध्यक्ष त्रिलोचन कोइराला र गोर्खा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुन बाट सम्मानित भएका थिए।

यो पनि हेर्नुस – युएईमा ३० नेपाली अलपत्र, उद्धार गर्न निर्देशन

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK