युएईमा शिक्षाका लागि सांगीतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

युएईमा शिक्षाका लागि सांगीतिक कार्यक्रम सम्पन्न

14 July, 2016 | Sandeep Bhattarai | 1750 Views | comments

मोहन बस्याल/आरपी सहयात्री, दुबई । शेर्पा किंदुग युएईले दुबईमा शिक्षाका लागि सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

sangeet-for-edu-

आर्थिक तथा भौगोलिक समस्याका कारण अध्ययन बन्चित हिमाली भेगका बालबालिकालाई अध्ययनमा सघाउँदै आएको फुडक्ल्थ एजुकेसन ओआरजीको सहयोगका लागि शेर्पा किंदुग युएईले ८ जुलाई शुक्रबारका दिन सांगीतिक कार्यक्रम गरेको हो ।

अमेरिकामा बस्दै आएका गायक गोम्बु शेर्पा सहितका कलाकारको सहभागितामा कार्यक्रम गरिएको हो । शेर्पाले दुई चरणमा गरी दर्जन गीत गाए । त्यो आँखामा हेरे मैले त्यहाँ मेरो देश देखे बोलको गीतबाट गाउन शुरु गरेका शेर्पाले दोस्रो चरणमा दर्शक नचाउने गीत प्रस्तुत गरे । बालबालिकाको शिक्षादीक्षाका लागि सहयोग संकलनका लागि दुबई पछि कोरिया, ईजरायल, साईप्रस लगायतका मुलुकमा पनि सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सीमा संग्रौला, गोपीकृष्ण पंगेनी, नन्दु राई लगायतका कलाकारले आफ्ना गीत प्रस्तुत गरेका थिए । संग्रौलाले भुलेर नभुल्ने, सुस्तरी सुस्तरी, यो वैशभित्र के छ लगायतका गीत प्रस्तुत गरिन् । लोक गायक पंगेनीले परदेशी मत बोलको सालैजो, मायाले मन बराल्छ बोलको रोईला लगायतका गीत प्रस्तुत गरे । कार्यक्रममा आधा दर्जन कलाकारले आफ्ना नृत्य प्रस्तुत गरेका थिए ।

शेर्पा किंदुग युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षता तथा आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायक गोम्बु शेर्पालाई सम्मान गरिएको थियो ।प्रमुख अतिथि तुमले गीतसंगीतका कार्यक्रम दुबईमा धेरै भए पनि बालबालिकाको शिक्षाका लागि भएको कार्यक्रम भएकाले यस्ता कार्यक्रमको महत्व बढी भएको बताए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका मध्यूपर्ब संयोजक नेत्र थनेत, नेवा पुःच युएईका आरसी डंगोल, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोईराला लगायतको आतिथ्यता थियो ।

दुबईको देरामा रहेको कल्टन टावर होटलमा भएको कार्यक्रममा दर्शकले हल भरिएको थियो ।

यो पनि हेर्नुस – सुन्तली- धुर्मुस साझँ कतारमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK