युएईमा लाईसेन्स विना कुनै कार्यक्रम गरे कारवाहीमा परिने

ENGLISH

WORLD

युएईमा लाईसेन्स विना कुनै कार्यक्रम गरे कारवाहीमा परिने

20 September, 2016 | arjun baral | 880 Views | comments

uaeयुएईमा रहेर सामाजिक काममा संलग्न सामाजिक संस्थाहरुले सरकारी अनुमति विना कुनै काम गर्ने चेतावनी दिएको छ ।

युएईका सामाजिक विकास प्राधिकारण (सिडीए)का अनुसार यदि त्यस्ता संस्थाले विना कुनै जानकारी वा सरकारी अनुमति विना कुनै कार्यक्रक सञ्चालन गरेमा कडा दण्ड सजाय हुने बताएका छन् ।

गल्फन्यूजका अनुसार सिडिएले नै दुवईमा हुने सम्पूर्ण सामुदायिक क्लव र सामाजिक संघसंस्थाहरु तथा त्यसले आयोजना गर्ने साँस्कृतिक, सामाजिक कार्यको अनुगमन गर्ने गर्दछ । सन् २०१४ देखि यो नियम कडाईका साथ लागु गरिंदै आएको समाचारमा उल्लेख छ ।

त्यस्ता संस्थाहरुले कार्यक्रम आयोजनाको कानूनी अधिकार प्राप्त गर्न लाईसेन्स लिनु पर्दछ जुन निक्कै महँगो छ । त्यसैले यो व्यवस्थालाई छल्न कतिपय संस्थाहरुले आफ्नो देशको कुटनीतिक नियोगको आयोजना भनेर कार्यक्रमहरु आयोजना गर्ने गरेको समाचारमा जनाइएको छ ।

सामुदायिक क्लवहरु त्था सामाजिक संस्थाहरुले के गर्दैछन् रु उनीहरुले कस्तो सेवा दिएका छन् रु भन्ने बारेमा प्रष्ट जानकारीका लागि तिनले सरकारी निकायबाट अनिवार्य रुपमा लाइसेन्स लिनु पर्दछ र हामी त्यसका लागि आग्रह गर्दछौं सिडीएका महानिर्देशक खालिद अल कमदाले भनेका छन् । त्यसरी दर्ता हुने सामुदायिक क्लवले बैंक खाता खोल्न, कामदार राख्न पाउँछन् ।

सिडीएका महानिर्देशक कमदाले कुनै पनि काम लुकीछिपी हुन नसक्ने बताए । उनले कार्यक्रमहरुका बारेमा सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स्एप, जस्ता माध्यम मार्फत पनि सहजै पत्ता लगाउन सकिने बताए ।

यदि लाईसेन्स नलिई त्यस्ता गतिविधि गर्नेहरु कारवाहीमा पर्ने उनले चेतावनी दिए । कुनै संस्थाले त्यसरी लुकीछिपी कार्यक्रम गरेमा २ हजार देखि १० हजार दिरम जरिवाना तिर्नुपर्ने उनले बताए । तर आफूहरुको उद्धेश्य कसैलाई जरिवाना तिराउनु भन्दा पनि कानूनी रुपमा दर्ता भएर गतिविधि हुन् भन्ने रहेको उनको भनाई छ ।

त्यसो त युएईमा रहेका प्रवसी नेपालीहरु पनि विभिन्न कार्यक्रम अयोजना गर्दै आएका छन् । अब उनीहरु कुने कार्यक्र्र्रम आयोजना गर्नुपूर्व युएई सरकारलाई जनाकारी दिनु पर्ने छ । भने लाईसेन्स भएकाहरुले मात्र कार्यक्रम गर्ने पाउने छन् । तर महँगो शुल्क र पेचिलो प्रकृयाका कारण धेरै संस्थाले लाइसेन्स लिन सकेका छैनन् । हरेक देशका लागि ५ वटा संस्थाले मात्र त्यस्तो लाइसेन्स लिन पाउँछन् ।


इद अल आधाको अवसरमा युएईमा १२ सय ४० कैदी रिहा


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK