युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती मनाउने

ENGLISH

NRN GLOBAL

युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती मनाउने

आरपी सहयात्री, युएई

8 July, 2017 | Bipin Acharya | 745 Views | comments

रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाउने भएका छन् ।

समाजकसेवा, खेलकुद र नेपाली कला, संस्कृति तथा साहित्यको विकासमा समर्पित नेपाली समुदाय युएईले २०४ औं भानुजयन्तीको उपलक्ष्यमा युएईव्यापी खुल्ला रचनावाचन समारोह- २०७४ गर्न लागेको छ ।

आगामी १४ जुलाई शुक्रबारका दिन युएइको मुख्य शहर बरदुबईस्थित श्री राज लस्सी सेन्टरमा युएईव्यापी खुल्ला रचना वाचन समारोह आयोजना गरेको नेपाली समुदायका अध्यक्ष मुन गुरुङले जानकारी दिएका छन् ।

उक्त साहित्यिक कार्यक्रमका संयोजक कृष अतृप्तीतले युएईमा क्रियाशील र सिकारु साहित्यानुरागीहरुलाई कविता, गजल, मुक्तक, लघुकथाका साथमा उपस्थित हुनका लागि आग्रह गरेका छन् ।

प्रान फुडले प्रायोजन गरेको उक्त साहित्यक कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

सोही कार्यक्रममा नेपाली समुदायको विकासमा योगदान पुर्याउने केही समाजसेवी तथा पत्रकारहरुलाई सम्मान गर्ने नेपाली समुदायको योजना रहेको बताइएको छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा युएईमा कार्यरत नेपाली साहित्यानुरागी तथा श्रष्टाहरुको साहित्यप्रतिको रुचिलाई मलजल गरी उत्प्रेरणा दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली समुदाय, युएईका संगठन विभाग प्रमुख रघुनाथ ढुंगेलले बताए ।

युएईका सबै प्रान्तहरुबाट श्रष्टा भेला गरी राष्ट्रिय विभूति भानुको योगदानको चर्चा गरी प्रवासी साहित्यकारहरुलाई एकै मञ्चमा नेपाली समुदायले उतार्न लागेको हो ।

सोही दिन युएईको राजधानी अबुधाबीमा पनि विशेष साहित्यक कार्यक्रम हुने जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ । युएईमा स्थापित नेपाली साहित्यानुरागीहरुको अग्रसरतामा हरेक दुई महिनामा युएईका विभिन्न शहरहरुमा आयोजना भइरहेको सिर्जना वाचन डबलीको सातौं शृंखला अबुधाबीमा हुने भएको छ । यसपालिको शृंखला भानुजयन्ती विषेश रहने अभियन्ता जे सागरले बताएका छन् ।

सोही दिन गजलकार जे सागरको गजलसंग्रह युएईमा सार्वजनिकीकरण गर्ने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रममा पनि आआफ्ना साहित्यिक रचनाका साथ उपस्थित हुन आहृवान गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK