युएईमा रहेका चार नेपालीद्वारा अबुधाबीमा रेस्टुरेन्ट सञ्चालन

ENGLISH

NRN GLOBAL

युएईमा रहेका चार नेपालीद्वारा अबुधाबीमा रेस्टुरेन्ट सञ्चालन

राम ढुंगेल,अबुधाबी

16 May, 2017 | Sandeep Bhattarai | 965 Views | comments

रेस्टुरेन्टरोजगारीका सिलसिलामा युएईमा रहेका चार नेपालीहरु मिलेर अबुधाबीमा एक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

बुटवलका रेशम थापा, ओखलढुंगाका राजनजंग राई, धरानका चन्द्र श्रेष्ठ र पोखराका सुक परियार मिलेर ‘अल मसेफ रेस्टुरेन्ट’ सञ्चालन गरेका हुन् । जेठ १ (मे १५) गते आइतबार केक काटेर रेस्टुरेन्टको उद्घाटन रेस्टुरेन्टका संयोजक राजनजंग राईले गरेका छन् ।

नेपाली दूतावास जाने बाटोमै पर्ने क्यानेडियन मेडिकल छेउ, एयरपोर्ट रोडमा विगतदेखि नै सञ्चालन भइरहेको रेस्टुरेन्टलाई नेपाली व्यावस्थापनमा सुरु गरिएको हो । तत्काल यही नाममा रेस्टुरेन्ट चलाए पनि नेपाली नामाकरण गर्ने योजना रहेको सञ्चालकहरुले बताएका छन् ।

नेपाली खाना सेटका अतिरिक्त मःमः चाउमिन, छोयला, नेवारी सेटका साथै इन्डियन र चाइनिज तथा एसियन खाना पनि आफ्नो रेस्टुरेन्टको मेनुमा रहेको जानकारी सञ्चालक रेशम थापाले दिएका छन् । निःशुल्क होम डेलिभरीको सुविधा भएको रेस्टुरेन्टमा नेपाली चाडपर्व विशेष परिकार पनि पाइने सञ्चालक चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

युएईको राजधानी अबुधाबीमा कार्यरत नेपाली व्यावसायीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र सर्वसाधारण नेपालीहरुको उपस्थितिमा रेस्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सरिक हुँदै नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले व्यावसायिक सफलताको लागि नयाँ नेपाली व्यावसायीहरुको प्रयासलाई शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा भान्छाघर नेपाली रेस्टुरेन्टका सञ्चालक विकाश अधिकारीले नेपाली व्यावसायीहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका थिए ।

रेस्टुरेन्ट

गायक प्रकाश पौडेलले पनि नेपाली व्यावसायीहरुको उपस्थितिले नेपालीहरुको इज्जत बढिरहेको बताए । कान्तिपुर ट्राभलका सञ्चालक सन्दिप खड्का र सनराइज बैकका प्रतिनिधि संजित सिंहले पनि रेस्टुरेन्टको सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रमलाई सफल बनाइदिएकोमा सञ्चालक सुक परियारले उपस्थित सबैलाई धन्यवाद दिँदै ग्राहकको चाहना अनुसारको स्वाद पस्किने बताएका छन् ।

युएईमा अवस्थित ग्रीनलाइन ट्राभलले संचालनको ५ वर्ष पुगेको अवसरमा ग्राहकलाई विशेष छुट दिंदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK