युएईमा दोस्रो नेपाली म्युजिक अवार्ड वितरण

ENGLISH

NRN GLOBAL

युएईमा दोस्रो नेपाली म्युजिक अवार्ड वितरण

लक्ष्मण खनाल, युएई

4 December, 2017 | Sandeep Bhattarai | 775 Views | comments

म्युजिक अवार्ड

संगीक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा आयोजित दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम शुक्रबार अबुधावीको फोल्कफोर थिएटरमा सम्पन्न भएको छ ।

आयोजक नमस्ते ट्राभल्सका एकेन्द्र बहादुर थापा र संगीक्षा फिल्म प्रालिका मनोज केसीको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रम नरेश भट्टराइले सञ्चालन गरेका थिए ।नेपाली दूतावास युएईका कार्यबाहक राजदूत नेत्र टंडनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा युएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली म्युजिक भिडियोसम्बन्धी विभिन्न विधामा नेपालमा क्रियाशील कलाकारहरूलाई १७ विधामा र वैदेशिक रोजगारीको क्रममा युएईमा रहेर पनि आफ्नो कला संस्कृतिप्रतिको मोह र प्रतिभालाई निरन्तरता दिइरहेका कलाकारहरूलाई विभिन्न ५ विधामा अवार्ड वितरण गरिएको थियो ।

कुन कलाकार र म्युजिक भिडियोले पाए अवार्ड ?
संगीत समूहमा रहेको उत्कृष्ट गायन पुरुषतर्फ त्रिलोक रानाको ‘काँडा छोए पूmल बन्छ’ बोलको गीतले पाएको छ ।

त्यसैगरी उत्कृष्ट गायन महिलातर्फ प्राश्ना शाक्यको ‘म त सोझी सोझी’, उत्कृष्ट पपगायन पुरुषतर्फ दीपक बज्राचार्य अल्लारे, उत्कृष्ट पपगायन महिलातर्फ एञ्जिला रेग्मी कपुरी क, उत्कृष्ट लिरिक्स दिलीप पियाको लठ्ठै बनायो, उत्कृष्ट संगीत सचिन सिंह सिरैमा सिरबन्दी, उत्कृष्ट व्यवस्थापन महराज थापाको ढुंगाको भर, उत्कृष्ट रेर्कडिस्ट किशोर थापाको काँडा छोए फूल बन्छ, उत्कृष्ट लोकदोहोरी उजेली श्रेष्ठको कान्छी स्वास्नी बोलको गीतलाई प्रदान गरिएको थियो ।

यूएईमा सम्पन्न दोस्रो नेपाली म्युजिकल अवार्डको भिडियो समूहतर्फ उत्कृष्ट म्युजिक भिडियोमा कृष्ण गुरुङको हिमालको काखमा, भिडियो डाइरेक्टरमा श्रीधर पौडेलको छम छम, क्यामरापर्सनमा प्रकाश गुरुङको हिमालको काखमा, सम्पादनमा प्रवीण श्रेष्ठको मायालु मुहार तिम्रोलाई प्रदान गरियो ।

उत्कृष्ट भिडियो अभिनयकर्ता पुरुषमा विवेकसिंह ठकुरी, अभिनेत्रीमा नम्रता सापकोटाको थाहा छैन, उत्कृष्ट कोरियोग्राफी शंकर विसीको केटी पट्याउने, उत्कृष्ट नव प्रतिभा ट्यालेन्टको उपाधि प्रेम सेनको तिम्रो पाउजु र संजिव पराजुलीको नाइ मलाई थाहा छैन बोलको गीतले पाएको छ ।

नेपाली म्युजिक भिडियोसम्बन्धी विभिन्न विधामा युएईमा क्रियाशील कलाकारहरूलाई दिइने ५ विधाहरूमध्ये उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषतर्फ आशिष पुरुष र महिलातर्फ सारिका सुनारले पाएका छन् ।

उत्कृष्ट म्युजिक भिडियो नन्दु राई र गायिका रेखा घिमिरेलाई प्रदान गरिएको छ । उत्कृष्ट म्युजिक भिडियो लिरिक्सको उपाधि भने लक्ष्मण भान्तनाले पाएका छन् ।

उत्कृष्ट म्युजिक भिडियो निर्देशक विजय सुब्बा र उत्कृष्ट म्युजिक भिडियो छाँयाकारको अवार्ड रोहित विक्रमले प्राप्त गरेका छन् । त्यसैगरी, लोकसंगीतको क्षेत्रमा योगदान दिएको भन्दै युएईमा क्रियाशील विभिन्न कलाकारलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूले प्रस्तुति दिएका थिए । कार्यक्रमको सुरुमा वीरेन्द्र हमाल, यशराज र सपनाश्रीको विशेष प्रस्तुति थियो । गायक सुशान लिम्बूले सोल्टिनी, गायक सृजना खत्रीले लाहुरे माया गीत गाएका थिए ।

नेपाल आइडल टप ५ मा पर्न सफल सुजाता पाण्डेले यो माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । नायिका निरुता सिंहले गायको गीत पिरतीले चाहनाले दर्शकको मन जितेको थियो ।

१६ वर्ष उमेरमा डाक्टरको लापरबाहीका कारण आखाँको ज्योति गुमाउन पुगेकी सृष्टि केसीको कथामा आधारित चलचित्र ‘ब्लाइन्ड डक्स’को संक्षिप्त वर्णन गर्दै नायिका बिनिशा हमालले सो चलचित्रको गीत सार्वजानिक गरेकी थिइन् ।

त्यसैगरी, कार्यक्रममा हास्यकलाकार जितु नेपालले दर्शकलाई व्यंग्य प्रस्तुत गर्दै दर्शकको हाँसो र ताली पाएका थिए । गायक लोकनाथ सापकोटाको गीतमा दर्शकहरू छमछमी नाचेका थिए ।

म्युजिक अवार्ड

गायक त्रिलोक राना, महिमा सुनारको नृत्य, एञ्जिला रेग्मीको गीत, गायिका उजेली श्रेष्ठको गीत, दीपक गुरुङको नृत्यलगायतले प्रस्तुति दिएका थिए ।

नयाँ पत्रिकाबाट

युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK