युएईमा देवीको सास जोगाउन सहयोगको आश

ENGLISH

NRN GLOBAL

युएईमा देवीको सास जोगाउन सहयोगको आश

युएई

30 January, 2017 | Sandeep Bhattarai | 1025 Views | comments

देवी

सन् २००७ मा रोजगारीका लागि युएई आएका खोटाङ बामराङ ६ झिसेपुलका लोकेन्द्र श्रेष्ठले २०१०मा आफ्नी श्रीमति देवीलामालाई पनि युएई ल्याए ।

दुबैजना अजेदिया ग्रुपको पल रेष्टुरेन्टमा काम गर्दै आएका थिए । लोकेन्द्र फुड सुपरभाईजर देवी क्यासियर थिईन । छ महिना अघि देवी गर्भवति भएपछि दुबैको जिवनमा थप खुशीयाली थियो । पहिलो गर्भ भएकाले दुबै जना सम्बेदनशिल थिए । महिनामा एक पटक स्वास्थ्य परिक्षण गरे हुने भएपनि उनीहरुले महिनामा दुई पटक स्वास्थ्य परिक्षण गराउदै आएका थिए । आहार बिहारमा पनि राम्रै ध्यान दिदै आएका थिए ।

अचानक बज्रपात
जनवरी १६ आइतबारका दिन देवीलाई अचानक अस्वस्थ भएको महसुस भयो । करामामा रहेको बेलहोल क्लिनिकमा लगे । बिरामीको अरु अवस्था सबै सामान्य थियो तर ज्वरो घटेन । बमिट पनि भयो । बुधबार दिउसो तिन बजे सम्म बच्चाको अवस्था राम्रो छ ।

बुधबार देवीलाई अचानक ढाडमा दुखेको महसुस हुन्छ । उनको हालत चिन्ताजनक देखिन्छ । त्यसपछि थप उपचारका लागि उनलाई अस्तर अस्पताल पुरयाईन्छ । बिहिबार डाक्टरले बिरामी र बच्चा दुबैको अवस्था चिन्ताजनक रहेको जानकारी दिएपछि लोकेन्द्रले चारैतिर अन्धकार देखे । भगवानसंग खुशी नलुट्न बिन्ती गरे । डाक्टरले आमाका लागि औषधी चलाउदा बच्चाको ज्यान जान सक्ने बताएपछि लोकेन्द्रले मुटुमा गाँठो पारेरै भएपनि औषधी चलाउन अस्पताललाई अनुमति दिए । शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा डाक्टरको टोलिले बच्चा अप्रेसन गरि निकाल्यो । जावेलअली लगेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको उनले सुनाए ।

देवीलाई समस्यै समस्या
छ महिना सम्म हरेक पन्ध्र दिनमा चेकजाँच गराउदा आमा र बच्चाको अवस्था सामान्य रहेको बताईदै आएको थियो । अहिले अस्तर अस्पतालको आई सि युमा रहेकी देवीमा डाक्टरले समस्यै समस्या देखाएका छन् । लोकेन्द्रका अनुसार देवीमा मुटु, फोक्सोमा समस्या छ ।

कलेजो र किड्नीमा पनि थप समस्या आउन सक्ने जोखिम देखाएका छन् । लगातार उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई रहेको अवस्थामा डाक्टरहरुले रगतमा फंगस (ढुंसी)को समस्या रहेको औल्याएका छन् । अस्पतालले नाक र घाँटीका दुई छेउबाट कृतिम विधिबाट औसधी तथा शरिरका लागि चाहिने आवश्यक तत्व पठाई रहेको छ । अब फेरी घाँटीको अगाडीबाट प्वाल पारेर सबैत्यहीबाट दिने अस्पतालले तयारी गरेको छ । त्यो भए सास फेर्न सजिलो हुने र दुखाई कम हुने उनको विश्वास छ ।

गंगालालमा लैजान चाहन्छु
विरामीको स्वास्थ्यमा सुधार आउँदा भन्दा झन झन कमजोर भएको देखेर अत्तालिएका लोकेन्द्रले मिनट मिनटमा भगवानको पुकारा गरि रहन्छन् । डाक्टरले प्रयास गरि रहेका छन् अव भगवानकै आश छ । तपाईपनि पुकारा गरि दिनु उनले भने । उपचार गराई रहेको अस्पतालबाट डिस्चार्ज पाए नेपालको गंगालाल अस्पतालमा लगेर उपचार गराउने चाहना भएको उनले सुनाए । मलाई विश्वास छ मुटुको जस्तो सुकै समस्या भएपनि गंगालालमा लगेपछि निको हुन्छ उनले आशा र विश्वास सुनाए ।

खर्चको चिन्ता
उपचारका क्रममा अहिले सम्म अस्पताल र फार्मेसीको गरी एक लाख दिराम बराबरको बिल बनि सकेको लोकेन्द्रले सुनाए । बिलको दश प्रतिशत बिरामीले र बाँकी विमा कम्पनीले बेहोर्ने भएपनिविमाका शर्तले नसमेटेका सबै खर्च बिरामीलेनै बेहोर्नुपर्छ । बिमाले सिमित रकम सम्म मात्र बेहोर्ने भएकाले विमाले समेट्ने भन्दा माथीको खर्च पनि आफैले तिर्नु पर्ने लोकेन्द्रले सुनाए । आठ दश हजार सम्म मैले तिर्न सक्छु तर त्यो भन्दा बढि कसरी तिर्ने भन्ने सोच्न पनि सकेको छैन उनले भने । अहिले खाली सास जोगाउनका लागि भगवानसंग प्रार्थना गरि रहेको छु । बचाउन सकियो भने यहाँ रहेका नेपाली दाजुभाईको सहयोग लिएर भने पनि नेपाल लैजान्छु उनले भने ।

सहयोग तथा समन्वयका लागि
लोकेन्द्र श्रेष्ठ ।
०५६४७०८८०२
०५५१९४१४८९

मृगौला पीडित बुढाको लागि स्पेनबाट भूतपूर्व खेलाडी बोहराद्वारा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK