युएईमा खोलियो नयाँ नेपाली रेष्टुरेन्ट

ENGLISH

NRN GLOBAL

युएईमा खोलियो नयाँ नेपाली रेष्टुरेन्ट

17 June, 2016 | Sandeep Bhattarai | 910 Views | comments

युएई । रोजगारीका लागि युएई आएका नेपालीहरु व्यावसायतिर लाग्ने क्रम बढिरहेको छ । युएईमा नेपालीहरुले रेस्टुरेन्ट, ट्राभल एजेन्सी र पार्लरको क्षेत्रमा उल्लेख्य रुपमा लगानी गरेका छन् ।

10

पछिल्लो समयमा हरेक साताजस्तो नेपाली लगानीकर्ताद्वारा सञ्चालित व्यावसाय सुरु भइरहेका छन् । विशेषतः फास्टफुड रेस्टुरेन्टको क्षेत्रमा धेरै नेपालीहरुले लगानी गरेका छन् ।यसै क्रममा दुबईको वनभोजका लागि केन्द्र मानिने जाबिल पार्ककै सामुन्ने एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा आएको छ । दुबईको केन्द्रमै रहेको जाबिलपार्क पारि करामा बसपार्कमा लोटस गार्डेन रेस्टुरेन्ट गत १ जुनदेखि सञ्चालनमा आएको छ ।

झापाकी चमेला खडका, नवलपरासीका पदम परियार र पोखराका चित्रबहादुर लेखकको संयुक्त लगानीमा उक्त रेस्टुरेन्ट खोलिएको हो । करिब ७ लाख दिराम्स (दुई करोड १० लाख रुपैयाँ) को लगानीमा उक्त रेस्टुरेन्ट खोलिएको सञ्चालकहरुले बताएका छन् ।

रेस्टुरेन्टमा पूर्ण रुपमा नेपाली वातावरणमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिष्ट नेपाली परिकारहरु पाइने सञ्चालक खडकाले बताइन् । नेवारी खानाका परिकारहरुका साथै थकाली खाना पाइने सञ्चालक परियारले बताएका छन् । नेपालीहरुलाई लक्षित गर्दै खोलिए पनि रेस्टुरेन्टमा इन्डियन तथा चाइनिज खाना समेत पाइने सञ्चालक लेखकले बताए ।

तर, नेपाली सञ्चालकहरु भएका कारण नेपाली ग्राहकहरुलाई फोकस गरी निःशुल्क होम डेलिभरी गर्ने सुविधा पनि रेस्टुरेन्टमा पाउन सकिन्छ । नेपाली नास्ता र सेलरोटीका साथै चाडपर्व विशेष खाना पनि बनाइने सञ्चालकले बताएका छन् ।

जाबिलपार्कमा पिकनिक खाने नेपालीहरुलाई विशेष छुटका साथ सेवा दिने उदेश्य रहेको सञ्चालकहरुले बताए । युएईमा सञ्चालनमा रहेका अन्य नेपाली रेस्टुरेन्टको तुलनामा यो रेस्टुरेन्ट फरक प्रकृतिको रहेको सञ्चालक खड्काले दाबी गरेकी छिन् ।

रेस्टुरेन्टमा नेपाली वातावरण, नेपाली परिवेश र नेपाली आतिथ्य सत्कारका साथ टिपिकल नेपाली स्वादमा विभिन्न परिकार खान पाइने सञ्चालकहरुले दाबी गरेका छन् ।

सात जना स्टाफ रहेको रेस्टुरेन्टमा पूर्ण नेपाली वातावरणमा स्वादिष्ट नेपाली खाना नेपाली सत्कारका साथ सेवा दिने रेस्टुरेन्टको उदेश्य रहेको सञ्चालकहरुले दावी गरेका छन् ।

यो पनि हेर्नुस – नयाँ नेपाली हिमालय रेस्टुरेन्ट दुबईमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK