युएईमा व्यवसायमा समेत नेपालीहरुको संलग्नता बढ्दो

ENGLISH

NRN GLOBAL

युएईमा व्यवसायमा समेत नेपालीहरुको संलग्नता बढ्दो

1 June, 2016 | Sandeep Bhattarai | 500 Views | comments

युएईमा पछिल्लो समयमा नेपाली ब्यबसाय बढ्दो क्रममा छ। यसै बिच गत शुक्रबारबाट बर दुबईमा अर्को गहना पसल थपिएको छ। जस्को उदघाटन युएईका लागि कार्यबहाक राजदुत नेत्रबहादुर टण्डनले गर्नु भयो।

gahana

युएईको नेपाली समुदायमा परिचित व्यवसायी स्याङ्जाका छविलाल कुवरले सपना ज्वेलरी एण्ड ट्रेडिङ एलएलसी नामक सुनचादी पसल संचालनमा ल्याएका हुन । उद्घाटन समारोहमा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल विजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा,पत्रकार,सस्था प्रमुख,सर्बसाधारण को उपस्थिति रहेको थियो।

पछिल्लो समय युएईमा नेपाली विभिन्न व्यापार व्यावसायहरु संचालनमा आई रहेका छन । यसरी व्यापार व्यवसाय संचालनमा आईरहदा युएईमा कामदारको रुपमा मात्र नेपालीहरु आउछन भन्ने धारणा फेरिएको बताउछन युएईका लागि कार्यबहाक राजदुत नेत्रबहादुर टण्डन ।
उद्घाटनको क्रममा शुभकामना दिदै टण्डनले भने अहिले सम्म युएईमा थुप्रै व्यापार व्यावसायहरु संचालनमा आएका छन तर कुनै पनि व्यावसाहीहरुलाई समस्या परेको जानकारी नेपाली दुताबासमा अहिले सम्म नआएको बताए ।

युएईमा नेपालीहरुको व्यापार व्यावसायि गर्ने नेपालीहरु कति छन भनेर अहिले सम्म नेपाली दुताबाससंग पनि कुनै तथ्यांक छैन । तर यता केही महिना अगाडी युएईमा दर्ता भएको नेपाल विजनेस काउन्सिलसंग पनि यस्को पुरा विवरण नभएको नेपाल विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापाले जानकारी दिए । थापा भन्छन अहिले सम्म हामीबिच १५० मात्र व्यावसाहीको विवरण छ तर सबैलाई काउन्सिलका नाम दर्ता गराउन आग्रह गरेका छौ ।

विगत छ बर्ष पहिले युएई आएका कुँवर नमस्ते ट्राभल एण्ड टुरिजम र सफल ट्रेडिङ मोवाईल पसलका संचालक हुन। एक पछि अर्को गर्दै व्यापार व्यावसायहरु संचालनमा ल्याएका कुवर एक सफल व्यवसायि मानिन्छन । युएईमा अझै पनि आफ्नो व्यापार व्यावसायलाई बढाउने लक्ष्य रहेको कुवरले बाताए ।

यो पनि हेर्नुस – युएईमा ब्यापार गर्ने नेपाली बढे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK