युएईमा एनआरएनए र नेपाली समाजको अधिवेशन हुने

ENGLISH

NRN GLOBAL

युएईमा एनआरएनए र नेपाली समाजको अधिवेशन हुने

रामप्रसाद ढुंगेल,युएई

27 June, 2017 | Sandeep Bhattarai | 1090 Views | comments

एनआरएनए र नेपाली समाज

युएईमा क्रियाशील दुई ठूला नेपाली संस्थाको आसन्न अधिवेशनले यहाँको नेपाली समुदाय तथा सामाजिक व्यक्तिहरु चलायमान हुन थालेका छन् ।

युएईकै पहिलो नेपाली संस्था नेपाली समाज, युएई र अन्तर्राष्ट्रियस्तरमै धेरै सञ्जाल भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युएईको अधिवेशनको मिति तय भएका कारण यहाँको नेपाली समुदाय मौसम तातेसँगै तात्न थालेका हुन् ।

नेपाली समाजले अधिवेशनको मिति भन्दा करिव २ महिना अघिदेखि निर्वाचन समिति गठन गरेर विभिन्न कामहरुको सूची सार्वजनिक गरिसकेको छ ।गोविन्द ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले संस्थागत आवद्धतादेखि उम्मेद्वारी दर्ता, मतदानदेखि मतगणना, मत परिणामको घोषणासम्मका कार्यक्रमहरु व्यवस्थित रुपमा सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघ, युएई शाखाको निर्वाचनका लागि नेपाल पत्रकार महासंघले निर्वाचन समितिको भूमिका निर्वाह गर्ने लगभग तय भएको छ ।अधिवेशनका कारण साधारण सदस्यता फाराम वितरणदेखि आन्तरिक तयारी व्यापक रुपमा भइरहेको प्रवक्ता बालकृष्ण मरासिनीले बताए ।

यसपालि गैरआवासीय नेपाली संघ, युएई शाखाको साधारण सदस्यता शुल्क ६० दिराम्स निर्धारण गरिएको छ ।भूकम्पपीडितहरुका लागि घर निर्माण र एनआरएनए भवन निर्माणमा आर्थिक सहायता पुग्ने गरी केन्द्रले सदस्यता शुल्कका रुपमा १५ डलर लिन निर्देशन दिए पनि साधारण कमाई भएका मजदुरसँग १० डलर मात्र लिने गरी सहमति गरिएका कारण युएईको हकमा ६० दिराम्स नयाँ सदस्यता शुल्क निर्धारण भएको प्रवक्ता मरासिनीले जानकारी दिएका छन् ।

यसपालिदेखि अनलाइनबाटै सदस्यता दिन सकिने गैरआवासीय नेपाली संघ युएईले जनाएको छ । जुन २५ देखि सदस्यता लिनका लागि फाराम सार्वजनिक भएको गैरआवासीय नेपाली संघ युएईले बताएको छ ।नेपाली समाज, युएईको अधिवेशन जुलाई ७ मा हुन लागेको छ भने गैरआवासीय नेपाली संघ, युएईको अधिवेशनको सेप्टेम्बर ८ मा हुँदैछ ।

सदस्य संख्या, संस्थाको गरिमा र पदीय आकर्षण हरेक दृष्ट्रिले ठूला र प्रभावशाली मानिएका यी दुई संस्थाको अघिवेशनको कारण युएईका सामाजिक, जातीय, राजनीतिक तथा जिल्ला तथा क्षेत्रीय संघसंस्था तथा सर्वसाधारण नेपालीहरुले आसन्न अधिवेशनलाई निकै चासोका साथ हेरेका छन् ।

गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच युएईमा झडप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK