युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए

ENGLISH

NRN GLOBAL

युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए

9 January, 2018 | Kabi Adhikari | 955 Views | comments

uae-dubai

लालबहादुर ढेंगा ,दुबई । खाडी मुलुकहरुमध्ये नेपाली रोजगार दाताहरुका लागि युएई एकदमै उत्तम थलो बन्दै गएको पाईन्छ । वैदेशिक रोजगारका लागि विगतमा साउदी अरब त्यसपछि कतार अब भने युएईमा आउनेहरुको घुईचो लागेको देख्न सकिन्छ । युएईमा छिर्नका लागि खासै झन्झट नहुने, प्रक्रियाका लागि सहज र सरल बातावरण भएका कारण दिनाहुं भित्रिने क्रममा बृद्धि भएको हो ।

युएईमा नेपाली कामदारहरुको जनसंख्या आधिकारिक सरकारी तथ्याङ्क नभएता पनि आम जनमानसको अन्दाजमा लगभग २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान गरिन्छ । (इम्पलोयमेन्ट) काम गर्ने भिषामा भन्दा भिजिट भिषामा आउनेहरुको संख्या ह्वाट्टै बढ्न थालेको छ । व्लडभित्र आफन्ती पर्नेहरुको भिजिट भिषालाई कानुनी वैधानिक रुप दिनका लागि नेपाली राजदूतावास अबुधावीमा मासिक ४ सयदेखि ५०० सयसम्म सिफारिस लिन पुगेको दूतावासले जानकारी दिएका छन् ।

गत साल २०१७ एक बर्षको अवधिमा विदेशी भूमिमा आएर धन सम्पत्ती कमाई घर परिवारलाई सुख र खुशीयाली दिने सपना बोकेर युएई छिरेका ८४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । जसमा ७६ जना पुरुष रहेको छ भने ८ जना महिला रहेको छ । मृत्यु हुनेहरुमा प्राकतिक रुपले ४३% जनाएको पाईन्छ । त्यसैगरी आत्महत्या ३१% र दुर्घटना २६% देखाएको छ । नेपाली राजदूतावास अबुधावीको ४ बर्षको रिकर्ड सरसर्ती हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० रहेको छ ।

पछिल्लो समयमा युएईस्थित नेपाली व्यसायीहरु निकै मौलाउंदै गएका छन् । धेरै जसो व्यवसायीहरु लामो समयको रोजगारबाट विभिन्न व्यवसायी क्षेत्रमा हानिएका हुन् । लगभग सबै प्रकारका नेपाली सामान र नेपाली परिकारका स्वादहरु लिन पाईन्छ । नेपाली भाकाका लोक सांगीतिक पस्किने लोक दोहोरी सांझदेखि लिएर स–साना पसलहरु समेत रहेका छन् । सबै व्यवसायीहरुमध्ये रेष्टुरेण्ट, ट्राभल्स एण्ड टुरिजम र व्यूटी पार्लर फस्टाएको पाईन्छ ।

युएईमा एक बर्षभित्रमा ६४ जना नेपालीले ज्यान गुमाए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK