युएईमा अलपत्र परेका एक जना पनि नेपालीको निवेदन नआएको दाबी

ENGLISH

NRN GLOBAL

युएईमा अलपत्र परेका एक जना पनि नेपालीको निवेदन नआएको दाबी

नारायण भुर्तेल, युएई

5 July, 2017 | Bipin Acharya | 605 Views | comments

दलाललाई मोटो रकम बुझाई भिजिट भिषामा युएई आएर अलपत्रमा परेका एक जना पनि नेपालीको निवेदन नेपाली दुताबासमा नआएको नेपाली दुताबास युएईले जनाएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईको अलऐनमा आयोजना गरेको सचेतना तथा अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले यस्तो बताएका हुन्।

कार्यक्रममा सहभागी नेपालीहरुले भिजिट भिषामा आएर अलपत्र परेका नेपालीहरुको दर्दनाक कथा सुनाएका थिए। उनीहरुले मानव तस्कर र हुण्डी गर्ने दलाललाई दुताबासले कारवाही गर्न नसकेको आरोप समेत लगाएका छन्।

दाहाल नेपाल फर्किएपछि अध्यागमन विभागका उच्च पदस्थ कर्मचारीको सरुवा भए पनि विमानस्थलस्थित अध्यागमन कर्मचारी र मानव तस्करको सेटिङमा नेपाली युएई आउने क्रम रोकिएको छैन।

कार्यक्रममा उपस्थित सहभागीले सोधेको प्रश्नको जवाफ दिदै कार्यबाहक राजदुत टन्डनले दलालबाट ठगिएका कुनै पीडितले हामी ठगियौं भनेर अहिलेसम्म औपचारिक रुपमा दुताबासमा निवेदन नदिएको बताए। ‘यदि ठगिएका पीडितले दलालको नाम लिएर हामी ठगियौं भनी निवेदन दिन आउछन् भने सम्बन्धित निकायमा खबर गरी कारवाही गर्छौं’, उनले भने, ‘अहिलेसम्म युएईमा भिजिट भिषामा आएर अलपत्र पर्‍यौ भनेर कसैले निवेदन दिएकै छैन।’

पछिल्लो समय दलाललाई २ देखि ३ लाख सम्म रकम बुझाएर त्रिभुवन विमान स्थलबाट सेटिंग गरी युएई आउने र अलपत्र पर्ने नेपालीहरुको संख्या बढ्दो छ। युएईमा रहेका नेपाली समाज युएई, एनआरएन युएई लगाएत विभिन्न संघ संस्थाहरुले भिजिट भिषामा आएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएका छन्।

उद्धारमा संलग्न नेपाली संस्थाहरु भने दूतावासका आधिकारिक व्यक्तिको त्यस्तो भनाइसँग सहमत छैनन्। ‘दलालले पैसा नदेलान् भनेर केही पीडित दुतावास नगएका पनि होलान्। तर पीडित भएकामध्ये धेरैले निवेदन दिएका छन्। निवेदनको आधारमा दूतावासले पीडकलाई अहिलेसम्म कारवाही गर्न सकेको छैन’, एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले भने।

केही महिना पहिले तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल युएई भम्रणमा रहेको बेला नेपालीहरुले भिजिट भिषाको विषयमा गुनासो गरेका थिए। उनले नेपाल फर्के लगत्तै त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई कारवाही दायरामा ल्याउने आश्वसन दिएका थिए। दाहाल नेपाल फर्किएपछि अध्यागमन विभागका उच्च पदस्थ कर्मचारीको सरुवा भए पनि विमानस्थलस्थित अध्यागमन कर्मचारी र मानव तस्करको सेटिङमा नेपाली युएई आउने क्रम रोकिएको छैन।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK