युएईमा अलपत्र नेपालीको स्वदेश फर्कने आश त्रासमा परिणत भयो

ENGLISH

NRN GLOBAL

युएईमा अलपत्र नेपालीको स्वदेश फर्कने आश त्रासमा परिणत भयो

लक्ष्मण खनाल , युएई

20 July, 2017 | Bipin Acharya | 840 Views | comments

भिजिट भिषामा दलालले युएई ल्याएर अलपत्र पारेका नेपाली युवाहरुको स्वदेश फर्कने आश त्रासमा परिणत हुन थालेको छ । ठमेलमा रहेको अर्थलाइन र क्रोमेज ट्राभल्समार्फत दुईलाख देखी तीनलाख असीहजार सम्म तिरेर युएई आएका थिए ।

युएईमा आइसकेपछि उनीहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वाहानामा प्रतिव्यक्ति युएईमा आइसकेपछी उनीहरुसंग एकहजार डलर असुलेका थिए ।

लामो समयसम्म काम नभए पछि उनीहरुले पाण्डेलाई सोधपुछ गर्दा धम्की दिने, मध्यरातमा नशामा आएर अश्लिल गाली गर्दै कुटपिट गर्ने र भनेको नमाने ठिक पार्ने धम्की दिएको पीडितहरु बताउछन् ।

प्राप्त अडियोमा पाण्डेले नशामा पीडितहरु कुटेर विभिन्न गाली दिदै भनेका छन – ‘युएईमा भए पनि म जे पनि गर्न सक्छु । कसैले उचालेर उचालिइस् भने म सेटिङ मिलाएर २०÷५० हजार खर्च गरेर भएपनि ठिक पार्छु ।’

पीडितमध्ये दाङ घर भएका कुलबहादुर केसीले भने,– ‘२१ जनामध्ये ४ जनाको भिषा सकिएको पनि ७५ दिन भयो । ओभर स्टे भएको छ । एउटै कोठामा २० जना सम्म राखेको छ दैनिक दलालको शारिरिक र मानसिक यातना सहन नसकेपछि पछि हामी दुतावासमा पुगेको छौ

के भयो दुतावासमा ?

दलालले आफुहरुलाई दिएको धम्की र यातनाको अडियो भिडियोसहित कार्यबहाक राजदुत नेत्र बहादुर टन्डनलाई निवेदन दिएको पिडितहरु बताउछन् । राजदुतले दुतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीलाई सो समस्या सुल्झाउने जिम्मेबारी दिएका थिए ।

दुतावासले पीडित र पीडकलाई संयुक्त रुपमा राखी समस्या समाधानको पहल गरेको थियो । दलाल पाण्डेले आफुले उनीहरुलाई ल्याएको र उनीहरुसँग रकम लिएको स्विकार गरेको दुतावासका श्रम काउन्सेलर भेषबहादुर कार्कीले बताए । पहिलो पटक दलाल र पीडितहरुविच दुतावासमा भएको छलफलमा पिडक पाण्डेले एक हप्तामा उनीहरुसँग लिएको सम्पुर्ण रकम र ओभर स्टे भएकाहरुले तिर्नु पर्ने जरिवाना दिएर उनीहरुलाई नेपाल फर्काउने प्रतिवद्धता गरेका थिए ।

तर उनले दिएको समयसिमा वितिसक्दा पनि भने अनुसार नेपाल नफर्काएपछि उनीहरु पुनः दुतावासमा पुगेको र दुतावासले फेरी ३ दिनमा नेपाल फर्काउने बाचा गरेपनि केही दिन पर्खनु भन्ने जानकारी दिएपछि निराश भएर फर्केको पीडितहरु बताउछन ।

दुतावासमा मौखिक सहमति भएपनि कागजी सहमती नभएकोले उनीहरु शंकामा रहेको पीडित मध्येका कुलबहादुर केसीले बताए । उनले भने,– ‘हामी लिखित सहमती गरौ भन्ने कुरा दुतावासमा राखेका थियौ । तर दुतावासले साक्षी बस्न नमिल्ने वा काजगीमा सहमती गर्न मिल्दैन भन्दै त्यो किसिमको सहमती हुन सकेन त्यसैले हामी विश्वास गर्न सकिरहकेको छैनौ ।’

पीडित भन्छन – दुतावासले जिम्मेवारी लिएन

पीडितहरुले दुतावासले आफुहरुको समस्यामा संवेदनशील नभएको गुनासो गरेका छन् । दुतावासमै उभिएर दलालले पैसा असुलेको स्विकार गर्दा पनि समस्या समाधानको लागि दबाब दिनुको साटो उल्टै समयसिमा बढाउनुले शंका उत्पन्न भएको उनीहरुको भनाई छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK