युएईमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

युएईमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न

20 July, 2016 | arjun baral | 2590 Views | comments

uae

भुपराज बस्याल युएई ;- रेखा घिमिरे लाई सर्वसम्मत अध्यक्षमा चयान गर्दै गत शुक्रबार बर दुबईको सिन्दी पन्जाब रेष्टुरेन्टमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

रेखा घिमिरेको स्वागत मन्तव्य सगँै शुरु भएको पहिलो चरणको कार्यक्रमको सभापतित्व अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष मोहराज शर्माले गरेका थिए भने दोस्रो चरणमा निर्बाचन समितिका संयोजक नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाले गरेका थिए । कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा एनआर एनका प्रतिनीधि, युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाका प्रतिनीधिहरु, पत्रकार, लेखक, साहित्यकार, कलाकार आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा पुरानो कार्यसमितिका महासचिव गोपीकृष्ण पंगेनीले समाजको संगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण देवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२३ सदस्यिय कार्य समिति पनि चयन गर्दै सम्पन्न अधिबेसनको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपी कृष्ण पंगेनी, उपाध्यक्षमा लक्ष्मण देवाली, उपाध्यक्षमा अनुराग थपलिया, महासचिवमा राम तामाङ, सचिवमा कुशल बुच्चा, कोषध्यक्षमा एम डी बोहोरा, सहकोषाध्यक्षमा दिपक गुरुङ, प्रवक्तामा धनेन्द्र मास्की राना मगर, सदस्यहरुमा क्रमशः मोहन बोगटी, नन्दु राई, सारिका सुनार, आशिकी पाण्डे, सुमन स्याङताङ, द्रोण श्रेष्ठ, मुनाल शिशिर, ओमकार पोखरेल, राजेश कोच, भविन वि सी कृष्ण खवास, लाल बहादुर ढेंगा, अमृता लिम्बु, चुमन काउछा र लोमु शेर्पा रहेका छन ।

तामाङको सञ्चालनमा भएको अधिबेसन ले अधिवेशनले ग्लोबल प्रतिनीधिको रुपमा आशिष पुरुषलाई चयन गरेको छ । सोही अवसरमा ५ सदस्यिय संरक्षक समिति पनि निर्माण गरेको छ जसमा मोहराज शर्मा, उमेश राई, दलविरसिंह बराइली, भावना ढकाल र जे सागर रहेका छन । साथै ९ सदस्यिय सल्लाहकार समितिमा चन्द्र प्रसाद सापकोटा, समदर्शी काइला, निमेष गिरी, विजय सुब्बा, एकेन्द्र थापा, दिपा पाण्डे, राजेश दर्शन अर्याल, शालिक सुबेदी र मेघराज सापकोटा रहेका छन, भने नयाँ कार्य समितिको पहिलो बैठकले २ जना सल्लाहकार सदस्य थप गर्ने नव निर्वाचित कार्यसमितिका बरिष्ठ उपाध्यक्ष गोपीकृष्ण पंगेनीले बताए ।

अबुधाबीमा रुपन्देही सेवा समाज युएईको क्षेत्रीय समिति गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK