युएईब्यापी भलिबल प्रतियोगिता हुँदै

ENGLISH

NRN GLOBAL

युएईब्यापी भलिबल प्रतियोगिता हुँदै

18 September, 2015 | Sandeep Bhattarai | 640 Views | comments

मान बहादुर के.शी युएई – बागलुङ सेवा समाज यूएईले मुस्लिम धर्मावलम्बिहरुको महान चाड बकर ईदको अवसर पारेर युएईको अलकुज बलदिया खेल ग्राउण्डमा युएईब्यापी भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

volley

बागलुङ सेवा समाज युएईले विपत्तिमा परेका बेला बिभिन्न मानविय कार्यहरु गर्दै अाई रहेको छ, नेपालीहरु प्रबासमा फुटेर हैन जुटेर जाउ भन्ने मूल भावनालाई निरन्तराता दिदै युएईमा कार्यरत नेपालीहरुलाई मनोरंजन दिनु मात्र नभएर नेपालमा चलि रहेको राजनैतिक गतिरोधबाट देशले निकास पावोस्, शान्ति सद्भाव र सामाजिक एकता कायम होस्, भन्ने मुख्य उदेश्यका साथै खेल प्रति जागरुकता, उत्साहित तुल्याउनको लागि संस्थाले उक्त प्रतियोगिताको आयोजना गरेको खेलकुद समिति फुजैराहका संयोजक शिवलाल जैशीले जानकारी दिनु भयो । खेलमा विभिन्न आकर्षक पुरुस्कारको पनि ब्यबस्था गरिएको जैशीले बताउनु भयो ।

खेलमा प्रवेश शुल्क २०१ धिराम तोकिएको छ भने प्रथम पुरुस्कार नखद १,७५१ धिराम साथमा कप मेडल अनि प्रमाण पत्र, दोश्रो पुरुस्कार नखद १,१५१ धिराम साथमा कप मेडल अनि प्रमाण पत्र र तेस्रो पुरुस्कार नखद ५५१ धिराम साथमा कप मेडल अनि प्रमाण पत्रको ब्यबस्था गरिएको आयोजक समितिले बताएका छन्, भने खेलमा उत्कृस्ट खेलाडीलाई पनि आकर्षक पुरुस्कारको समेत ब्यबस्था गरिने जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम तयारी पुरा भई सकेकोले सो युएईब्यापी खुल्ला भलिबल प्रतियोगितामा समाबेश हुन चाहने नेपाली खेलकुद प्रेमी खेलाडीहरुले समयमै सम्पर्क गर्न फुजैराह खेलकुद समितिका संयोजक शिवलाल जैशीले यसै समाचारलाई निमन्त्रणा मानि सम्पूर्ण नेपाली संघ संस्था तथा खेलकुद प्रेमीलाई उपस्थित हुनका लागि हार्दिक अनुरोध गर्नु भएको छ ।

खेल हुने स्थान, समय र मिती
मिति:- २३ सेप्टेम्बर २०१५ ( बकरी ईदको पहिलो दिन देखि )
स्थान:- अलकुज बलदिया खेल मैदान युएई
समय:- दिउसो ठिक १ बजे बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

मलेसियामा अलपत्र तीस नेपालीको उद्धार

मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार...

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK