युएईबाट मुसहरबस्तीको निर्माणका लागि आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

युएईबाट मुसहरबस्तीको निर्माणका लागि आर्थिक सहयोग

रामप्रसाद ढुंगेल

28 October, 2017 | Bipin Acharya | 1030 Views | comments

नेपाल बचत तथा ऋण सहकारी संघ, युएईले सप्तरीको एक मुसहरबस्तीको निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । न्यूज २४ को सीधा कुरा जनतासँग युनिटले सप्तरीको कोलाठी कोइलाडीमा निर्माण गर्न लागेको मुसहरबस्तीको सहयोगार्थ ८० हजार ५ सय ४३ रुपँया सहयोग पठाइएको हो ।

उक्त रकम युएईमा क्रियाशील तीन फरक–फरक बचत तथा सहकारी समूहले जम्मा गरेका हुन् । त्यसमा प्रवासी बहुउदेश्यीय सहकारी संस्थाबाट ५० हजार १ सय २७, युसीएस बचत तथा सहकारी संस्थाबाट १६ हजार ६ सय ९ रुपैयाँ र सुम्निमा बचत तथा ऋण सहकारीबाट १३ हजार ८ सय ७ जम्मा गरी एकमुष्ट रकम मुसहरबस्तीका लागि सहयोग जुटाइएको हो ।

परदेशमा बसेर पनि घरदेशको विकासमा योगदान गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको अभियानका संयोजक तथा नेपाल बचत तथा ऋण सहकारी संघ युएईका अध्यक्ष सूत्रमणि राईले अनलाइनखबरलाई बताएका छन् । उक्त रकम संघका सदस्य माया लामा र शोभा घलेले काठमाडौंमा बुझाएको अभियन्ता राईले जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK