युएईबाट टिकापुरका बाढीपीडितलाई कर्कटपाता हस्तान्तरण

ENGLISH

NRN GLOBAL

युएईबाट टिकापुरका बाढीपीडितलाई कर्कटपाता हस्तान्तरण

15 November, 2017 | Kunjar Bhattarai | 1505 Views | comments

 

मान बहादुर के.सी.,टिकापुर -संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत सुदूर पश्चिम सेवा समाज युएई मार्फत कैलालीको टीकापुरमा बाढीपीडितलाई हस्तान्तरण गरिएको छ ।

कात्तिक २७ गते शनिबार कैलाली जिल्ला टिकापुर नगरपालिका बाढीले क्षतिग्रस्त भएका वडा नं ६ का चार परिवार र वडा नं ७ का २ गरी ६ परिवारलाई राहत स्वरूप करिब एक लाख मुल्य बराबरका कर्कटपाता हस्तान्तरण गरिएको हो ।

राहत वा पत कर्कटपाता पाउँदा धेरै खुशी महशुस भएको अब भत्केको घरलाई नया बनाउने भर्तापुरका बाढीपीडित धनीराम चौधरीले बताए । उनले सहयोगको भरमा नयाँ घर नबन्ने आफ्नो पर्यत्न पनि चाहिने भएकाले राहत सामग्री र आफ्नो तर्फबाट गर्न सक्ने कार्यले अवको केही दिनमा नयाँ घर बनाउने बताए । ‘जति छ त्यत्तिमै सन्तुष्ट हुनुपर्छ, एकै पल्ट राम्रो सुन्दर घर बन्दैन, घरमा रहेको सामान प्रयोग गरी नयाँ घर बनाउने जोहोमा छु’ उनले भने ।

संयुक्त अरब इमिरेट्स मा रहेका नेपालीले बाढीपीडितलाई पठाएको राहत रकमले उक्त परिवारलाई कर्कटपाता प्रदान गरिएको हो । राहत वाफत ६ परिवारलाई दुईरदुई बण्डलका दरले कर्कटपाता प्रदान गरिएको छ । कर्कटपाता पाए पछि अब थप केही रकमको जोहो गरी नयाँ घर बनाउने भर्तापुरका दुर्गादेवी बुढाले बताईन । उनले घरमा रहेको अन्य पाता मिलाएर नयाँ घर बनाई शितलहरबाट बाँच्ने आशा जागेका बताए । घरमा अन्य कमाउने कोही छैन । मलाई अझै पनि सहयोग अपेक्षा छ, बुढाले भनिन् ।
प्रकोपले मानवलाई मात्र हैन सबैलाई दुस्ख दिने भएकोले युएईमा रहेका नेपालीले मानविय रूपमा सहयोग गरेको र सहयोगले विकास हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आर्चायले बताए । उनले प्रकोपको बेला अन्य धन भन्दा ज्यान महत्त्वपूर्ण रहेकोले दुस्खले शिक्षा मिल्ने, वातावरणमा अनुकुलन हुन सिकाउने बताए ।

संयुक्त अरब इमिरेट्स मा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च बचाएर संयुक्त राहत संयन्त्र युएईको पहलमा जुटाएको राहत रकम मध्ये कैलाली जिल्लाका बाढ पीडितका लागि छुट्याईएको एक लाख रुपैयाँ सुदूरपश्चिम सेवा समाज युएई मार्फत पठाएको पत्रकार एकिन्द्र तिमिल्सिनाले जानकारी दिदै दु:खको घडीमा सहयोग गर्ने सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए ।

राहात वितरण कार्यक्रममा बोल्दै पत्रकार गणेश चौधरीले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेकोले पत्रकारहरू दु:ख सुखको सारथी बन्ने, एक आपसमा सम्बन्ध कायम गर्ने भएकाले पीडितलाई राहतको सहकार्यका सधै पत्रकार रहि रहने बताए ।
पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटले विदेशमा रहेका नेपालीले पठाएको राहतले राहत मात्र नभई नेपाली बिचको आत्मियता रहेकोले सहयोग महत्त्वपूर्ण रहने बताए । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका सल्लाहकार धनबहादुर बुढामगरले राहात जुटाएकोमा सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए । उनले विदेशमा नेपालीलाई जति दु:ख भए पनि नेपाल र नेपाली प्रतिका माया प्रगाढ हुने भएकाले नेपालीको दु:खमा नेपालीले अग्रसर भई विगत देखि अहिले सम्म सहयोग गरि रहेको बताए ।

युएईबाट लोक गायक गुरुङलाई एकलाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK