युएईका नेपालीहरु मिलेर जलविद्युतमा दश करोड लगानी गर्दै

ENGLISH

NRN GLOBAL

युएईका नेपालीहरु मिलेर जलविद्युतमा दश करोड लगानी गर्दै

दामोदर दाहाल, दुबई

12 September, 2017 | Sandeep Bhattarai | 675 Views | comments

जलविद्युतमा दश करोड लगानी गर्दै

ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड को स्थापना विशेष गरेर वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको सानो सानो बचतलाई एकमुष्ट गरी देश भित्र लगानी गर्ने उद्देश्य सहित स्थापित भएको पब्लिक लिमिटेड कम्पनी हो ।

उर्जा विकासमा लगानी गर्ने र उर्जा मध्ये पनि जलविद्युत उत्पादनमा लगानी गर्न स्थापना भएको यो कम्पनिले जलविद्युत उत्पादन, विकास र विस्तार सम्बन्धी आयोजनाहरुमा लगानी गर्ने तथा वैकल्पिक उर्जाको विकास, विस्तार तथा प्रवद्र्धनमा जोड दिने, कम्पनीले आफ्नो शेयरहरु विक्री गरी कम्पनीको शेयर पूँजीको आधारमा अन्य कम्पनी, आयोजना तथा संयुक्त पूँजी लगानी (Investment of Mutual fund) अवधारणा अन्तर्गत संयुक्त लगानी गर्ने गराउने तथा नेपालमा उर्जा विकासको निमित्त निर्माण हुने जलविद्युत तथा अन्य बैकल्पिक उर्जा आयोजनाहरुलाइ आवस्यक परामर्श, पूँजी व्यवस्थापन र प्रवद्र्धन सम्बन्धी कार्य गर्ने साथै सम्भावित लगानीकर्ता, व्यक्ति, कम्पनि र बैंकहरु मार्फत समन्वयन गरी आयोजनाको निमित्त आवश्यक पूँजी व्यवस्थापन गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबाट विधिवत रुपमा लगानी भित्र्याइ त्यस्ता आयोजनाहरुको विकास, संचालन र प्रवद्र्धन गर्ने लगाएत समय अनुकुल अन्य क्षेत्रमा पनि लगानी गर्दै जाने मुख्य उद्देश्य सहित कम्पनि स्थापना गरेको प्रबन्ध निर्देशक लिलानाथ (श्याम) कँडेलले जानकारी दिएका छन ।

गोरक्ष हाईड्रोपावर प्राईभेट लिमिटेड मार्फत धादिंगको उत्तरी भेगमा निर्माण हुन लागेका सुपर आँखुखोला जलविद्युत आयोजनामा दश करोड लगानी गर्न लागिएको हिजो भएको साधारण सभामा जानकारी दिएइको छ। २५.४ मेघावाटको सो आयोजना एक अर्ब ३७ करोडको लगानीमा बन्न लागेको हो । मुलुकको आर्थिक सम्बृद्धिका लागि उर्जामा आत्मनिर्भरता आवश्यक भएकाले उर्जा उत्पादनमा लगानी गर्न लागिएको नेपलिज ईन्भेष्टमेन्ट कम्पनि लिमिटेडका प्रवन्ध निर्देशकले जानकारी दिएका छन।

प्रथम साधारण सभा युएईमा।

गत शुक्रबार कम्पनि स्थापना भएको एक साल पुरा भएको उपलक्ष्यमा ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम साधारण सभा युएईको दुबईमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पुर्ब अर्थमन्त्रि माननीय सभासद श्री सुरेन्द्र पाण्डे,नेपाल सरकार युएईका कार्यवाहक राजदूत नेत्र बहादुर टंडन, कम्पनीका अध्यक्ष एल पी साँवा लिम्बु, प्रबन्ध निर्देशक लिलानाथ (श्याम) कँडेल त्यसै गरि गोरक्ष हाईड्रो पावरका प्रवन्धक संचालक विश्वनाथ कँडेल एवं कविता पोखरेलका साथ कम्पनिका संचालक समितीका सदस्यहरु र सेयर होल्डर सदस्यहरुको समुपस्थितिमा ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको पहिलो साधारण सभा युएईमा सम्पन्न भएको छ । साधारण सभाले एल पि सावा लिम्बुको अध्यक्षतामा दुई बर्षका लागि नयाँ संचालक बोर्ड समेत गठन गरेको छ । बोर्डको प्रवन्ध निर्देशकका लिलानाथ (श्याम) कंडेल, अर्थ निर्देशकमा नारायण अधिकारीलाई चयन गरेको छ । यस्तै जन सम्पर्क निर्देशकमा टक बहादुर गुरुङ, बिरेन्द्र नकर्मी, भेषराज ढकाल, भिम बहादुर श्रेष्ठ चयन भएका छन।

अब सम्बृद्धिनै एक मात्र एजेण्डा: पूर्व अर्थमन्त्री पाण्डे ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अब नेपालका सबै राजनितिक दलको एक मात्र एजेण्डा आर्थिक सम्बृद्धि भएकाले नेपालको विकासले अब गति लिने बताउनु भएको छ । नेपालमा लगानी गर्न चाहने युवाहरुसंग युएईको सारजहामा भएको अन्र्तकृयामा पाण्डेले बैदेशिक रोजगारीका लागि गएका नेपालीहरुबाट पनि नेपालमा ठुलो लगानी हुने सम्भावना रहेको बताउनु भयो । २०५१ पछि मात्र बिभिन्न मुलुकबाट ४० खर्ब रुपैया विप्रेषण भित्रिएको तथ्यांक प्रस्तुत गर्दैै पाण्डेले प्रवासमा रहेका नेपालीको आर्थिक लगानी मात्र होईन सिप, अनुभव र योजना समेत मुलुकको सम्बृद्धिका लागी हरेक क्षेत्रबाट लगानी सहितको शिप नेपाल भित्र्याउन आवश्यक रहेको बताउनु भयो ।

उर्जा मन्त्री शर्माको कोरियाबासी नेपालीलाई जलविद्युतमा लगानी गर्न आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK