युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

ENGLISH

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

23 December, 2018 | adarsh | 1465 Views | comments

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको संख्या बढेको छ । राजधानी अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार अहिले ८ महिला र १९९ पुरुष जेलमा छन् ।

दूतावासले एक साताअघि सात मध्ये ६ वटा इमिरेट्सका ८ वटा कारागारबाट यो तथ्यांक संकलन गरेको हो । दूतावासले ६ महिनाअघि सरकारलाई पठाएको प्रतिवेदनमा १२ महिलासहित १८५ जना नेपाली युएईका जेलमा थिए ।

पछिल्लो तथ्यांक अनुसार, आबुधाबीको अल आत्वा जेलमा सबभन्दा धेरै १०६ जना नेपाली पुरुष छन् । त्यस्तै, दुबईको अल अविर सेन्टर जेलमा चार महिला र ६४ जना पुरुष तथा अलऐनको मनाशिर जेलमा १४ जना पुरुष रहेका छन् ।

अजमानको जेलमा चारजना पुरुष रहेका छन् भने सारजाहको जेलमा ३ महिला र ६ जना पुरुष छन् ।

त्यस्तै, फुजईराहको जेलमा एकमहिलासहित दुईजना छन् भने रस अल खइमाहको जेलमा चारजना पुरुष छन् । उम अल क्वुवाईनको कारागारमा भने कोही नेपाली नभएको दूतावासले जनाएको छ ।

जेल जीवन बिताइरहेका नेपालीमध्ये धेरैजसोलाई मादक पदार्थसँग सम्बन्धित मुद्दा लागेको जानकारी दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु कुमारी अधिकारीले अनलाइखबरलाई दिइन् ।

उनका अनुसार, मादक पदार्थपछि अबैध सम्बन्ध, भिसा सकिएर ओभरस्टे गरेको, सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएको, चोरी, लागूऔषध कारोबार, लेनदेनको मुद्दा छ । हत्याको मुद्दामा समेत युएईमा नेपाली जेलमा परेका छन् ।

नेपाली दूतावासले वर्षमा दुई पटक युएइका जेलहरुमा टोली खटाएर तथ्यांक संकलन गर्ने गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK