यी हुन् नायिका दीपिका पादुकोणकी बहिनी

ENGLISH

ENTERTAINMENT

यी हुन् नायिका दीपिका पादुकोणकी बहिनी

3 July, 2017 | Bipin Acharya | 565 Views | comments

दीपिका पादुकोण फिल्म उद्योगमा ११ वर्षदेखि राज गरिरहेकी छिन् । अब दीपिका बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाइरहेकी छिन् । हरेक ठूला कलाकार उनीसँग काम गर्न चाहन्छन् । यी ११ वर्षमा दीपिकाले निकै नाम कमाइन् । तर आज हामी दीपिकाको नभई उनकी कान्छी छोरी अनिशा पादुकोणबारे बताउनेछौं ।

दीपिकाकी बहिनी अनिशाा उनीभन्दा ५ वर्ष कान्छी छिन् । सन् १९९१ मा जन्मिएकी अनिशा एक गोल्फर हुन् जसले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्छिन् ।

उनी गोल्फमा नै आफ्नो करियर बनाइरहेकी छिन् । अनिशा माउन्ट कार्मेल कलेजमा पढेकी हुन् । गोल्फका साथै उनी क्रिकेट, हकी, टेनिस र ब्याट्मिन्टन पनि खेल्छिन् ।

अनिशाले १२ वर्षको उमेरदेखि नै गोल्फ खेल्न सुरु गरेकी थिइन् । उनका बुवा प्रकाश पादुकोण आफैं पनि ब्याडमिन्टनका लेजेन्ड हुन् । आफ्नो बुवाबाटै प्रभावित भएर अनिशाले गोल्फ खेल्न सुरु गरेको बताउँछिन् । एक अन्तर्वार्तामा अनिशाले उनका मनपर्ने खेलाडी सायना नेहवाल भएको बताएकी थिइन् ।

उनले दीपिकालाई आफ्नो आमाले जस्तै केयर गर्ने बताएकी छिन् । उनले भनेकी थिइन्, ‘दीपिकाले मलाई आमाले जस्तै माया गर्छिन् । उनी निकै केयररिङ र प्रोटेक्टिभ छिन् । कामका कारण हाम्रो धेरै भेट हुँदैन तर जतिबेला हामी भेट्छौं तब निकै राम्रो समय बिताउँछौं ।’

दीपिकाको फिल्मबारे कुरा गर्दै अनिशाले भनेकी थिइन्, ‘म उनको सबै फिल्म हेर्छु । मलाई उनको ए जवानी हे दिवानी र लभ आजकल निकै राम्रो लाग्छ । यसका साथै उनले लफंगे परिन्देमा पनि राम्रो काम गरेकी छिन् ।’

अनिशालाई दीपिकाको ‘चेन्नई एक्सप्रेस’ फिटिक्कै मन नपरेको उनी बताउँछिन् । बलिउडका थुप्रै कार्यक्रममा अनिशा दीपिकासँगै देखिन्छिन् । फिल्मफेयर अवार्डको क्रममा पनि दुबै दिदिबहिनी सँगै देखिएका थिए । दीपिका र अनिशा दुबै आ–आफ्नो क्षेत्रमा निकै चर्चा बटुलिरहेका छन् । खेल जगतमा अनिशाको नाम शीर्ष स्थानमा आउने गर्दछ ।एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK