यी नायिकाको ‘गडफादर’ नै हुन् सलमान खान

ENGLISH

ENTERTAINMENT

यी नायिकाको ‘गडफादर’ नै हुन् सलमान खान

24 February, 2017 | Bhawana Pathak | 1535 Views | comments

‘दबंग ब्वाई’ सलमान खान अभिनेता मात्र होइनन्, गडफादर पनि हुन् । उनकै कृपाले थुप्रै युवतीले बलिउडमा आफ्नो भाग्य चम्काएकी छिन् । त्यसैमध्येकी हुन्, कटरिना कैफ ।

salman-katrina-aish

‘बुम’ जस्तो घटिया र फ्लप फिल्मबाट करियर थालेकी कटरिनालाई बलिउडमा टिकाउन र बिकाउनका लागि सलमाननै अघि सर्नुपर्‍यो । ‘मैने प्यार क्यूँ किया’मा सलमानसँग स्क्रिन शेयर गरेपछि नै हो, कटरिना बलिउडमा स्थापित भएकी ।

यससँगै सलमानले निर्माताहरु भेटेर कटरिनाका लागि केही फिल्म सिफारिस गरिदिए । यद्यपी यिनीसँगको सम्बन्ध गडफादरबाट अघि बढेर प्रेमीमा रुपान्तरण हुन पुग्यो ।

त्यस्तै पंक्तिमा छिन्, जरिन खान । ‘वीर’ फिल्मका लागि अभिनेत्रीको खोजीमा रहेका सलमानले जरीनलाई ब्रेक दिए । कटरिनालाई जस्तो जरीनको करियरका लागि पनि सलमानले निकै मिहेनत गरे । पछि उनीहरुवीच अफेयर रहेको समेत चर्चा चल्यो । सायद जरीनमा सलमानले कटरिनाको प्रतिछाँया देखे होलान् । किनभने उनीहरुको सक्कल मिल्दो छ ।

स्नेहा उल्ला जो, ऐश्वर्य राय जस्तै देखिन्छन् उनलाई पनि सलमानले नै बलिउडमा प्रवेश गराएको हो । सलमानले ‘लकी, नो टाइम फर लभ’मा स्नेहालाई आफ्नी हिरोइन बनाएका थिए । स्नेहासँग पनि सलमानले प्रेम सम्बन्ध जोडेको चर्चा सुनिन्थ्यो ।

के भनिन्छ भने, सलमान नव आगन्तुक कलाकारलाई निकै उत्साहित गर्छन् र सकेसम्म सघाउँछन् पनि । केही कलाकारलाई उनले आफ्नै संरक्षणमा हुर्काएको बताइन्छ ।त्यसो त, उनले सबैलाई गर्लफ्रेन्डको नजरले हेरेका छैनन् । अहिले उनी आफ्ना छोरी पुस्ताको भाग्य चम्काउने सिलसिलामा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK