यी कार्य गरे अमेरिकामा गोलि हानिने

ENGLISH

यी कार्य गरे अमेरिकामा गोलि हानिने

24 November, 2017 | Sandeep Bhattarai | 4455 Views | comments

विजय थापा

विजय थापाआज फेरी ,धन्यवाद दिवसको अवसरमा कलम चलाउन सकसक लाग्यो l आफुले अधिकांश अमेरिकामा तीन चिज भन्ने बिषय वस्तुमा केन्द्रित रही कलम घुमाउने गर्ने गरेकोले आज त्यहि इतिहास कोर्दै छु l

मेरो यस पटकको लेखको शिर्षक अमेरिकामा तीन चिज :खेलौना बन्दुक, अपरिचित घरमा गाडी रोक्ने र घर भित्र छिर्ने प्रयास गरे तातो गोलीको शिकार सम्म हुने भन्ने रहेको छ l अमेरिकामा आएर बसोबास गर्ने अधिकांश नेपाली लाई यस कुरामा अवगत छ भन्ने मेरो बुझाई छ l

तथापी नव आगन्तुक तथा भर्खर नेपालबाट आएकाहरुलाई यस्ता बिषयमा बुझ्न निकै समय लाग्दछ l हामीलाई यस कुराको ज्ञान हुन् निकै समय लागेको थियो l अमेरिकामा आफ्नो सुरक्षा हेतु नागरिकलाई बन्दुक राख्ने अधिकार छ l तर यहि बन्दुकको दुरुप्रयोगको कारण अमेरिकाको क्यालिफोर्निया ,टेक्सस को चर्चमा नर संहार पछिल्ला ज्वलन्त उदाहरण हुन् l

भिडमा हिड्यो कसले कतिखेर गोलि चलाउछ ? जहिले पनि सतर्क भएर हिड्नु पर्ने ,चलचित्र गयो त्यहाँ अनि त्यस्तै सावधानी अपनाउनु पर्ने स्थिति छ l मूर्ख ,पागल संग केहि लाग्दैन l कति खेर सन्की चढ्छ गोलि अन्धाधुन्ध चलाईन्छ l यस्ता कुरामा ज्यादा ब्याख्या गरि रहनु पर्दैन l सबैलाई जानकारी छ l तर अमेरिकामा बालबालिका, आफ्ना सन्तान, छोरोछोरी को खुशीको लागि किनिएको खेलौना बन्दुक पनि घातक सिद्ध भएको कैयौ उदाहरण छन् l अकालमा ज्यान जान सक्छ l

पहिलो, अमेरिकामा बालबालिकालाई सबै प्रकारका खेलौना किन्ने चलन छन् तर बन्दुकको खेलौना किन्ने निम्न चलन रहेको छ l अमेरिकाको कैयौ राज्यहरुमा खेलौना बन्दुक प्रतिबन्धित पनि छ l र ,अमेरिकन आमबुवाले कहिले पनि खेलौना स्वरुप बन्दुक दिने हत्तपत्त गर्दैनन् l तर नेपालमा बालबालिका ,छोराछोरी र आफ्ना सन्तानलाई सरल रुपमा किनी दिन्छौ l किनभने भारत संगको हाम्रो सिमाना परेकोले सरल रुपमा उपलब्ध हुन्छ l तर अमेरिकामा नव आगन्तुक र यस बिषयमा ज्ञान छैन भने पूर्ण सावधानी अपनाउनु पर्छ l नत्र किशोर किशोरीहरुलाई बन्दुकको खेलौना दिंदा ठुलो दुर्घटना हुन पनि सक्छ l

यसरी बाटोमा र कतै सार्वजनिक रुपमा खेलौना बन्दुक संग खेलेको देखियो भने छिमेकी र अन्य देख्नेले तुरुन्तै खबर गरि दिन्छन र अकालमा प्रहरीले गोलि चलाउन पनि सक्छ l बिगतमा यस्ता घटना भएका हुनाले हामी साबधानी हुनु अपरिहार्य छ l

अर्को दोश्रो, अपरिचित घरमा गाडी रोक्न पनि जोखिम हुन्छ l तर नरोक्ने भन्ने होईन् l यसरी अपरिचित स्थान, घरमा दिउँसो भन्दा रात्री समयमा आफ्नो सवारी साधन रोकी शंकास्पद रुपमा गतिबिधि गरेको छ भने प्रहरी आएर सोधपुछ मात्र नभई पक्राउ परेर समेत लान सक्ने हुन्छ l झन् अपरिचित मानिसले कुनै घरका बालबालिकासंग बोलेको देख्यो भने मात्र अपहरणको समेत दोष लाग्ने सम्भावना हुन्छ l

राम्रो नियत भएता पनि नदुखेको टाउको त्यतिकै दुख्नु पर्ने हुन्छ l झुक्किएर पनि रात्री समयमा अर्कोको आँगन र वाहन मार्गमा रोके भने घरपेटीले गोलि पनि चलाएका छन l र ,गोलि चलाए पनि दोष नलाग्ने हुने हुन्छ l घर मालिकले आफ्नो जीवन जोखिम लागेकोले गोलि चलाएको भन्दा माफ पनि हुने कैयौ घटना घटेका छन् l तसर्थ यसमा पनि हामि गम्भीर हुनु पर्छ l र अकालमा कालको मुख बाट बच्न सकिन्छ l

तेश्रो ,अपरिचित तथा झुक्किएर पनि रात्रिको समय या दिउँसो पनि घर भित्र पस्न प्रयास गरे ठुलो दुर्घटना हुन् सक्छ l अधिकांश अमेरिकनको घरमा बन्दुक रहने हुनाले आफ्नी ज्यानको सुरक्षा को रक्षार्थ गोलि चलाएको भन्दा माफ पनि हुने बिगतमा घटना घटेका छन् l मादक पदार्थ सेवन गरि आफ्नो छिमेकीको घरमा चाबी खोल्ने क्रममा पनि गोलि प्रहार गरिएको घटना अमेरिकामा रहेकोले बढो सतर्क हुनु पर्ने हुन्छ l

किनभने नेपाल जस्तो यहाँ आफ्नो छिमेकिलाई पनि चिनिदैन l अर्को कुरा छिमेकीको पनि त्यति भर गरिदैन l आफ्नो र परिवारको सुरक्षाको लागि आफ्नो जीवन गुमाउन लागेको छु भनि प्रहरीलाई खबर गरे गोलि हान्न समेत अनुमति दिएको समाचार पनि पढ्न पाइएको छ l

यति मात्र हैन, आफ्नै छिमेकी कहाँ निहालेर हेर्यो भने पनि समातेर लागेको घटना घटेका छन् l पल्याक पुलुक र हाउभाउ अलिक असाधारण जस्तो गरे भने पनि आफूले तातो गोलि खान सकिने सम्भावना हुने हुन्छ l

अमेरिकामा सरल रुपमा बन्दुक उपलब्ध हुने हुनाले हामी सावधान र सतर्क हौ यसैमा हाम्रो कल्याण हुने छ l हामीले तातो गोलि कहिले खानु पर्दैन र खान पनि नपरोस भन्दै यस कुरालाई मनन गरौ l नव आगन्तुकले यस कुरामा ध्यान पुर्याउन l यहि मेरो सुझाव छ l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK