यिनीहरु हुन् एनआरएन युएईका उम्मेदवारहरु

ENGLISH

NRN GLOBAL

यिनीहरु हुन् एनआरएन युएईका उम्मेदवारहरु

रामप्रसाद ढुंगेल

10 September, 2017 | Bipin Acharya | 1265 Views | comments

एनआरएनए युएईको आगामी कार्यकालका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीको उम्मेदवारी परेको छ ।

विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका दाङका सुवेदी र करिब १ दशकअघि देखि रोजगारीपश्चात ब्यापार व्यावसाय गर्दै आएका स्याङ्जाका श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार २ जना उपाध्यक्षका लागि नेत्रप्रसाद शर्मा, निर्मलकुमार पोखरेल, बालकृष्ण मरासिनी र लक्ष्मण श्रेष्ठ चार जनाको उम्मेदवारी परेको छ ।

महासचिव पदमा हालका युवा सञ्जाल संयोजक निश्चल तीर्थ दाहाल र युएईका लोकप्रिय सामाजिक अभियन्ता कृष्णप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

एक सचिव पदका लागि राजेश बोहोरा र नीलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।त्यसरी नै एक कोषाध्यक्ष पदका लागि राजु केसी र बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् ।

युवा सञ्जाल प्रतिनिधिमा नवीन पौडेल र महिला संजाल प्रतिनिधिमा मोतीकुमारी राईको उम्मेदवारी परेको छ । उक्त पदहरुमा एकएक जनाको उम्मेदवारी परेको र दुबै जनाविरुद्ध कुनै दाबीबिरोध नआएको खण्डमा स्वतः विजयी बन्ने समितिले जनाएको छ ।


एनआरएनए एनसीसी युएईको आगामी २०१७/१९ कार्यकालको केन्द्र्रीय सदस्य पदमा विदुर न्यौपाने, सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओमप्रकाश उप्रेती, शमशेर योन्जन, राजन खतिवडा, जीवन दास, केशव शर्मा, विष्णुहरि बगाले, लक्ष्मण काफ्ले, दुर्गाप्रसाद काफ्ले, तोरणदत्त सुवेदी, टकबहादुर गुरुङ, धर्मेन्द गोइवाल, नरबहादुर सेन, नगेन्द्र प्रसाई, असार तामाङ र सागर लुईटेल गरी १९ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले उम्मेदवारहरुको नामावली फिर्ता, दाबी विरोध गर्ने समय आदि कामका कारण ९ सेप्टेम्बर साँझमा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ । एनआरएनए एनसीसीको सातौं अधिवेशन आगामी १५ सेप्टेम्बर दुबईमा हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK