यात्रीलाई अमेरिकामा दुई सम्मान

ENGLISH

NRN GLOBAL

यात्रीलाई अमेरिकामा दुई सम्मान

20 May, 2017 | Sandeep Bhattarai | 770 Views | comments

यात्रीलाई अमेरिकामा दुई सम्मान

नाटककार, नाटक निर्देशक एवं नाट्य अनुसन्धाता कृष्ण शाह यात्रीलाई अमेरिकामा दुई साहित्यिक एवं नाट्य सम्मान प्रदान गरिएको छ । नाटक, रंगमञ्च एवं साहित्यको क्षेत्रमा यात्रीको योगदानलाई कदर गर्दे अमेरिकामा सक्रिय रहेका दुई फरक संस्थाहरुले सम्मान गरेका हुन् ।

‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाज’, बोस्टन च्याप्टरले वेस्ट रक्सवरीमा आयोजित एक कार्यक्रममा नाट्यकर्मी कृष्ण शाह यात्रीलाई सम्मान गरेको हो । च्याप्टरका अध्यक्ष साहित्यकार लालगोपाल सुवेदी र अनेसासका केन्द्रीय महासचिव गोवद्र्धन पूजाले यात्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् । लगभग तीन दशकदेखि नेपाली नाट्य लेखन, निर्देशन, अभिनय, नाट्य खोज अनुसन्धान, समालोचना एवं बालसाहित्यको क्षेत्रमा यात्रीले दिएको गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ले बोस्टनको एभरेटस्थित आफ्नो प्रेक्षालयमा एक समारोह बीच यात्रीलाई सम्मानपत्र प्रदान गरेको हो । नेपाली नाटक, रंगमञ्च र साहित्यको क्षेत्रलाई भिन्न उचाइमा पुर्याउनका निम्ति महत्वपूर्ण योगदान पुर्याएकोले यात्रीलाई उक्त सम्मान प्रदान गरिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ । ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’का अध्यक्ष श्याम नेपाली र कार्यक्रम संयोजक सुरेश वाग्लेले यात्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

अमेरिकामा रहेका सक्रिय एवं गरिमामय संस्थाहरुबाट यसरी सम्मानित हुन पाउँदा यस क्षेत्रमा अझ नयाँ कार्य गर्ने उर्जा थपिएको बताए । यात्रीका ६ नाटकसंग्रह सहित चार दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । अहिले उनी भर्खरै प्रकाशित नाटक संग्रह एक्ला एक्लैको सार्वजनिक गर्ने तयारीमा रहेको बताउँछन् । यात्रीले यसअघि युवा वर्ष मोती पुरस्कार, भीमनिधि तिवारी नाट्य साहित्य पुरस्कार, रुपक स्मृति कला सम्मान, सर्वनाम आत्मविद्धतवृत्ति पुरस्कार, प्रतिभा पुरस्कार, अन्तरराष्ट्रिय नाट्य सम्मान, सर्वश्रेष्ठ नाटक निर्देशक पुरस्कार (नेपाल प्रज्ञा प्रतिष्ठान) आदि पाइसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK