यातायात व्यवस्था कार्यालय सुकेधारामा

ENGLISH

यातायात व्यवस्था कार्यालय सुकेधारामा

21 January, 2017 | Krishna Adhikari | 915 Views | comments

चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार देखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए ।

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना छ,” – उनले भने ।

हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ । सीमित परीक्षण केन्द्र (ट्रायल सेन्टर) हुँदा अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या रहेको सेवाग्राहीको गुनासो छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी गए । “यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौँ” – उनले भने ।

कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताउनुभयो । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो । निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख तीन हजार पर्नेछ ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भर्याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो ।

विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुवात् गरेको छ । अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK