यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

ENGLISH

यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

12 August, 2018 | Kabi Adhikari | 1725 Views | comments

भक्तपुर । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ ।

फाइल तस्बिर

शनिबार चोडेमा चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताउनुभयो ।

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार हुनुभएको हो ।

श्रेष्ठले आफ्ना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको बताउनुभयो ।

वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न नहुने भएपछि बालक तयार हुनुभएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ ।

भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यकपर्ने सियो बनाउन आज सियो बनाउनेकर्मी नाय रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण शुरु भएको छ । सियो निर्माण सकिएपछि करीब ४५ दिन फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ । सियोलाई तेलमा डुबाएर राख्ने प्रचलन छ ।

आर्थिक अभावका कारण थिमीको जिब्रो छेड्ने जात्रा अब लोप हुन नदिने समितिका सदस्य रुपेश सुवा श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयबाट संकलित रकमबाट जात्रा सञ्चालन गरिने भएको हो । यसका लागि गत वर्ष नै स्थानीयले समिति बनाएका हुन् । पच्चीस वर्षअघिदेखि बन्द भएर लोप भएको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२ मा जिब्रो छेडेर सञ्चालनमा ल्याएर आफैँले विसं ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाउनुभएको थियो । त्यसबीचका समयमा भने जात्रा सञ्चालन गर्न सकिएको थिएन ।

स्थानीयले बताएको किंवदन्तीअनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कंकाल (बउचा) ले थिमिका मानिसलाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेकोे विसं २०६३ मा जिबो छेडाउनुभएका कृष्ण नानीचा श्रेष्ठले बताउनुभयो ।

जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिनअघिदेखि एक छाकमात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एक दिनअघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने उहाँ बताउनुहुन्छ ।

त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाइ नगरका मानिसलाई भोज खुवाउनुपर्ने परम्परा छ । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्ने परम्परा छ ।

जिब्रो छेड्ने दिन थिमि लाय्कुका नायो पमा गई हनुमान ढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएपछि जिब्रो छेड्ने गरिन्छ । भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिहरुले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडाउने व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ । जिब्रो छेडाएर नगर परिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाड्ने परम्परा रहेको छ । यो जात्रामा एकैपटक २७ जनाले जिब्रो छेडाएको इतिहास रहेको बताउँदै पत्रकार सम्मेलनमा यो जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुहेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरेको जानकारी दिइयो ।

जिब्रो छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास रहेको छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास छ । जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करीब रु सात लाख खर्च हुने अनुमान गरिएको समितिका सचिव हरिसुन्दर श्रेष्ठले बताउनुभयो ।

गत वर्ष मध्यपुरथिमि नगरपालिकाले रु एक लाख विनियोजन गरेको र यस वर्ष पनि दिने भए पनि नपुग रकम चन्दा दाता रु स्थानीय तहबट संकलन गरिने भएको छ । रमेश गिरी, रासस ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK