यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमि

ENGLISH

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमि

रमेस पोखरेल

13 January, 2017 | Ramji Lamsal | 1010 Views | comments

orange 3सुन्तला उत्पादनको लागी नेपालकै अग्रणी जिल्ला कास्कीमा यस वर्ष सुन्तला उत्पादनमा कमि आएको छ । गत वर्षको तुलनामा पाँच सय मेक्टीकटनले उत्पादनमा यस वर्ष कमी आएको जिल्ला कृषि विकास कार्यालय कास्कीले बताएको छ । चौध सय हेक्टर क्षेत्रफलमा अघिल्लो साल सुन्तला खेति गरिएकोमा यस वर्ष पचास हेक्टर क्षेत्रफल घटेर तेह्र सय पचासमा सिमीत भएकोछ भने सात सय असी हेक्टर क्षेत्रफलमा मात्र उत्पादन भइरहेको जिल्ला कृषी विकास कार्यालय कास्कीका वागवानी विकास अधिकृत अजय अधिकारीले जानकारी दिए । उनका अनुसार गएको साल छ हजार सात सय मेट्रिकटन  उत्पादन भएकोमा यस वर्ष सोहि क्षेत्रफलमा छ हजार दुई सय मेक्टीकटन मात्र उत्पादन भएको छ ।

सुन्तला बगैचामा सिँचाइको अभाव, गाइ भैसीको गाठेमलको कमी र फुल फल्ने र फल लाग्ने समयमा असीना पानिका कारणले सुन्तला उत्पादानमा कमी आएको जिल्ला सुन्तला उत्पादन सघं कास्कीका उपाध्यक्ष ओमनाथ सुवेदीले बताए । त्यसको अलवा रोग किरा र खडेरीका कारण पनि सुन्तलाका बोटहरु मर्दै गएको कृस्तीका कृषक हरिप्रसाद पोख्रेलले बताए |

उत्तरपुवर्, उत्तरपश्चिम र उत्तरसिधा फर्केको भिरालो जमिन भएका कारण परम्परागत शैलीवाट कास्कीका कृषकहरुले सुन्तला खेती गर्दै आएका थिए भने केहि वर्ष यता कृषकहरु ब्यवसायिक रुपमै सुन्तला खेती तर्फ आर्कषित भएका छन् । आफु संग भएको पुर्खाैली जमिनमा सुन्तला खेती गर्दै आएको र गत बर्षको तुलनामा यो बर्ष सुन्तलाले राम्रो आम्दानि दिन नसकेकोे बताउछन् कृस्ती दोपहरेका कृषक खिमलाल सुवेदी । उनले २०४२ साल वाट व्यवसायिक रुपमा १३ रोपनी क्षेत्रफल जमिनमा सुन्तला खेती सुरु गरेको बताए । गएको बर्ष आफ्नो बारीमा रहेका २०० वटा सुन्तलाका वोट वाट उनले रु सात लाख ७५ हजार रुपैया आम्दानी गरेका थिए भने यो बर्ष रु ७ लाख मूल्यको सुन्तला बोट बाटै ठेकेदारलाई बिक्री गरेको बताउछन सुवेदी । कास्कीमा कृष्ती नाच्नेचौर , निर्मलपोखरी र भरतपोखरी सुन्तलाको पकेट क्षेत्रकै रुपमा लिने गरिन्छ भने सुन्तला उत्पादनका अन्य क्षेत्रहरुमा हंसपुर , कालिका ,देउराली, पुम्दीभुम्दी र थुम्की पनि प्रख्यात मानिन्छ ।

त्यस्तै अर्का कृषक मित्रलाल सुवेदीले आफुले आफ्नो पुर्खौली जमिनमा परम्परागत शैली र तरिकामा बिरुवा रोपेर सुन्तला खेती गर्दै आएको बताए । बिगत केहि बर्ष देखि ब्यवसायिक रुपमा खेती गर्दै आएका मित्रलालको बारीमा ४० राम्रो सुन्तलाको बोट रहेको बताउछन । सवै वोटले उत्पादन दिईरहेको बताउदै पोहोर साल ३ लाख २५ हजार रुपैयाको सुन्तलाबोट बाटै बिक्री गरेको तर यस वर्ष उत्पादन घटेर ६० हजारमा चित्त बुझाउनु परेको बताउछन उनी ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK