यस्ता छन् गैरकानुनी अमेरिका छिर्ने नेपालीका दुःख

ENGLISH

NRN GLOBAL

यस्ता छन् गैरकानुनी अमेरिका छिर्ने नेपालीका दुःख

दैनिक तीन-चार जना दूतावास पुग्छन्

6 December, 2017 | Sandeep Bhattarai | 1805 Views | comments

अमेरिका

नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् ।

स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका दलाल भेट्दै पैसा बुझाउँदै आइपुगेका हुन्छन् ।

यसरी नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको बोर्डर हुँदै अमेरिका आइपुग्न तीन महिनादेखि नौ महिनासम्म लाग्छ । कतै मरुभूमिमा हिँड्दै, मालवाहक ट्रकमा कोचिएर, महिनौं दिनसम्म पानीमात्रै पिएर, कतै पानीजहाज चढ्दै, कतै लुकेर धेरै दुःख झेल्दै आइपुगेका हुन्छन् ।
एउटा व्यक्ति यहाँसम्म आइपुग्दा सामान्यतया ४० देखि ५० लाख खर्च भएको हुन्छ । ‘७५ लाखसम्म दलाललाई बुझाएर आएको मान्छे भेटियो’, दूतावासका एक अधिकारीले भने, ‘ताप्लेजुङको फुङलिङबाट ६ महिना लगाएर, त्यत्रो पैसा खर्च गरेर आइपुगेको मान्छेले कहिले त्यो ऋण तिरिसक्ने ? सुरुका केही महिना त काम गर्न पनि पाउँदैनन् । उनीहरूलाई खान र बाँच्नकै लागि समस्या हुन्छ ।’

उनीहरू अमेरिका छिर्नेबित्तिकै आत्मसमर्पण गर्छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले हिरासतमा राख्छ र अन्तर्वार्ता लिएर असाइलम (राजनीतिक संरक्षण) फाइल गर्छ । यसरी आइपुगेका सबैले असाइलम फाइल गर्न पाउँछन् । त्यसपछि आइसका अधिकारीहरूले केही रकम धरौटी लिएर मुद्दाअनुसार केहीलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आप्रवासी नीतिमा कडाइ गर्न थालेपछि त्यसरी धरौटी बुझाउनुपर्ने रकमको दर बढेको छ । पहिले मुद्दा हेरेर पाँचदेखि १० हजारसम्म बुझाउनुपथ्र्यो भने अहिले १० हजारभन्दा बढी रकम बुझाइरहेका छन् ।

आइसले अन्तर्वार्ता लिँदा ती नागरिकसँग केही कागजात हुँदैन । ‘उसले नेपाली हुँ भनेको भरमा आइसले सानो नोट दिएर पठाएको हुन्छ । कतिपय खुट्टामा जीपीएस बाँधेकाहरू रुँदै दूतावास आइपुग्छन्’, ती अधिकारीले भने, ‘उनीहरूले पासपोर्ट प्राप्त गर्नका लागि आवश्यक कागजात लिएर आए भने मात्रै हामीले पासपोर्टको प्रक्रिया अघि बढाउँछौं ।’

खुट्टामा जीपीएस बाँधेका व्यक्ति कहाँ पुगे र त्यो ठाउँमा कति समय बिताए भन्ने रेकर्ड हुन्छ । उनीहरूले काम गर्न पाउँदैनन् । नेपालबाट कागज मगाएर दूतावासमा पेस गरेपछि दूतावासले पार्सपोर्टका लागि पहल गर्छ । पासपोर्ट आइपुग्न तीन÷चार महिना लाग्छ । त्यसपछि मात्रै उनीहरूले ‘वर्क परमिट’ पाउँछन् । काम गरेर पैसा कमाउन नपाएपछि यो तीन÷चार महिनाको अवधिमा उनीहरूले चरम आर्थिक अभाव झेल्नु परिरहेको छ ।

अन्नपूर्ण पोस्टबाट

अवैधरुपमा अमेरिका जान लागेका १६ नेपाली पक्राउ

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK