यम बुद्धको शव नेपाल लैजान दूतावासद्वारा यात्रा अनुमतिपत्र जारी

ENGLISH

NRN GLOBAL

यम बुद्धको शव नेपाल लैजान दूतावासद्वारा यात्रा अनुमतिपत्र जारी

21 January, 2017 | Sandeep Bhattarai | 1085 Views | comments

यम बुद्ध

लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउन लन्डनस्थित नेपाली दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिएको छ । 

बिहीवार परिवारजनले यमको पासपोर्ट र नागरिकता प्रतिलिपि उपलव्ध गराएपछि दूतावासले तुरुन्त ट्राभल डकुमेन्ट जारी गरिदिएको हो । दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बिहीबार ट्राभल डकुमेन्ट जारी गरिएको जनाउँदै यमकी श्रीमति अस्मिता सेढाईंले आवश्यक प्रक्रिया पुरा गरेपछि शव नेपाल लैजाने बताए ।

शव नेपाल लैजान यहां प्रहरीबाट केही प्रक्रिया पुरा गर्नुपर्ने प्रावधान छ । मृत्यु प्रमाणपत्र, शवमा रसायन लेपन गरेकोप्रमाणित हुने पत्र (इम्बामिङ), कुनै संक्रमण नभएको प्रमाणपत्र, मृत्युको कारणबारे छानबीन गर्ने अधिकारी(कोरोनर) ले दिएको प्रमाणपत्र, यूके बाहिर अन्तिम संस्कार गर्न लैजान लागेको भन्ने शव समाधिस्थ गर्ने अधिकारी (फ्यूनरल डिरेक्टर) को पत्र जस्ता कागजात तयार भएपछि शव नेपाल पठाउन बाटो खुल्नेछ । हाल यमको शव नर्थवीक पार्क अस्पतालमा छ ।

गत शनिबार बिहान लन्डनस्थित रइसलिपमा बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका यमकोपोस्टमार्टम रिपोर्टले आत्महत्या नै देखाएको परिवारका सदस्यले जनाएका छन् । पोस्टमार्टम रिपोर्ट हुलाक मार्फत परिवारले बिहीबार बुझेका हुन् । रिपोर्टमा मदिरा पिएको पाइएपनि लागू औषध भने सेवन नगरेको र यमको मानसिक अवस्था समेत ठीक भएको देखिएको परिवारका एक सदस्यले जानकारी दिए ।

‘खतरा’ एल्बम बजारमा ल्याउने अन्तिम तयारी गरिरहेका यम केही वर्ष यता श्रीमतिसंगै लन्डनमा थिए । उनी युवा पुस्तामाझ लोकप्रिय थिए । उनले लन्डन उलवीचमा ‘भ्यालेन्टाइन’ कार्यक्रम गर्ने तयारी अनुरुप लोटस क्लबको हल समेत बुक भइसकेको थियो । आयोजकले अझै पनि उक्त कार्यक्रम रद्द भएको जनाउ दिएका छैनन् ।

यमको निधनले नेपालको र्‍याप संगीतमा अपुरणीय क्षति पुगेको कतिपयको चिन्ता छ । नेपाली र्‍याप संगीतलाई व्यवसायिक बनाउन उनको ठूलो भूमिका रहेको विश्वास गरिन्छ । उनका साथी, आमा, मेरो जुत्तामा, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, लगायत कयौं गीत हिट छन् ।

कान्तिपुरबाट

चर्चित गायक अनिल अधिकारी (यमबुद्ध) को मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK