म समलिङगी ब्वायको पोस्टर बनिसकेको छु -करण जोहर

ENGLISH

ENTERTAINMENT

म समलिङगी ब्वायको पोस्टर बनिसकेको छु -करण जोहर

9 January, 2017 | Bhawana Pathak | 830 Views | comments

बलिउड निर्माता तथा निर्देशक करण जोहर लैगिंक अभिमुखिकरणका बारेमा खासै खुलेर कुरा गर्दैनन् । तर अब उनको बायोपिकले भने जीवनका केही रहस्यहरुको खुलासा गर्ने भएको छ । करण जोहरकी सहायक लेखक पुनम सक्सेनाले करणको बायोपिकमा उनका जीवनमा केही रहस्यहरुको खुलासा गरेकी छिन् ।

karan-2_1483879136

करण जोहरको बायोपिक ‘एन अनसुटबेल ब्वाय’मा जीवनका केही रहस्यहरु समावेश छन् । करण जोहर र शाहरुख खानको मित्रता देखेर धेरैले उनीहरुको सम्बन्धमा शंका गर्छन् । शाहरुख खानसँगको सम्बन्धका बारेमा बायोपिकमा करणले भनेका छन्, “बर्षौ देखि शाहरुख र मेरो बारेमा बिभिन्न हल्लाहरु चलिरहेका छन् ।

पहिले त मलाई यस्ता कुराहरुले तनाव पनि हुन्थ्यो । एक पटक मलाई एक कार्यक्रममा तपाईँको र शाहरुखको सम्बन्ध पनि अचम्मको छ है भनियो । प्रस्तोताको कुरा गर्ने शैली नै अचम्मको थियो जुन देखेर मलाई रिस उठ्यो । रिसको झोकमा मैलै पनि उनलाई भनेँ तपाईँ आफ्नो भाईसँग सुत्नुहुन्छ ? अनि उनले मसँग मैले सोधेको प्रश्नको मतलब खोज्न थाले । अनि मैले उनलाई भने, तपाईँले मेरो प्रश्नमा मतलब खोज्नुहुन्छ भने तपाईँले मेरो बारेमा गर्नु भएको कुराको मतलब के हो ? “

करण जोहरका लागि शाहरुख खान पिता र दाजू समान छन् । पहिले पहिले शाहरुख र आफ्नो सम्बन्धका बारेमा हुने कुराहरुबाट तनाव लिने करण अहिले भने यी कुराहरुलाई सामान्य रुपमा लिन्छन् । करणका अनुसार अहिले त, यदि विवाह पछि कोहीसँग अफेयर छैन भने मानिसहरु त्यसलाई ‘गे’ सम्झन्छन् ।

लण्डन एयरपोर्टको किस्सा

लण्डन एयरपोर्टमा भएको एक घटनाका बारेमा करण भन्छन्, “लण्डन एयरपोर्टमा एक अन्जानले मलाई सोधे, के तिमी गे हौ भन्ने यो कुरा सहि हो ? र्मैलै भनेँ, किन ? उनले भने तपाईँ ईन्ट्रेस्डेड हुनुहुन्छ ? त्यसपछि त्यत्तिकै यहि कुरामा ऊ मसँग झगडा गर्न थाल्यो ।”

म समलिङगी हुँ, यो मेरो समस्या

आफू समलिङगी भएको बारेमा करण जोहर भन्छ्न, “यदि कोही मानिस एक्लै छ भने उसले म ऊ सँग सुत्न चाहन्छु भन्ने सोच्छ । म कहिल्यै पनि लैङिगक अभिमुखिकरणका बारेमा कुरा गर्दिन ।

किनकी मेरो समस्या भनेको म समलिङगी हुनु हो । मानिसहरु मेरो बारेमा के सोच्छन् भन्ने कुरा मलाई थाहा छ । म यो देशको लागि समलिङगी ब्वायको पोस्टर बनिसकेको छु । मानिसहरु मलाई तिमीले यो देशको नाम र समाजलाई बर्बाद गर्यौ भन्छन् । मलाई यस्ता कुराहरुले खासै असर गर्दैन । उल्टो मलाई त यस्ता कुराहरु सुन्दा र सामाजिक सञ्जालमा पढ्दा हाँसो उठ्छ । “

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK