म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

ENGLISH

NRN GLOBAL

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

बिजय थापा ।

24 January, 2018 | Kabi Adhikari | 1075 Views | comments

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले निको भएपछि अमेरिकाकामा नि:शुल्क गीत गाउने घोषणा गरेका छन् ।

om-bikram-bishta

उनले यो कुरा डीसी महानगर क्षेत्रको भर्जिनियामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )ले सांस्कृतिक साँझ नामक कार्यक्रमबाट प्राप्त रकम हस्तान्तरण गर्ने एक कार्यक्रममा भनेका हुन् ।

गत जनवरी २० तारिखमा सम्पन्न पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रम बाट उनलाई ११ हजार डलर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )का पदाधिकारीहरुले संचार माध्यम तथा समुदाय सदस्यहरुलाई साक्षी राख्दै उक्त रकम उनलाई हस्तान्तरण गरेका छन् ।

न्यूयोर्कमा हप्तामा तीन पटक डायलसिस गराइरहेका कलाकार ओम बिक्रम बिष्ट चिकित्सक तथा बीमा संस्थाको बिशेष सिफारिस तथा निर्देशनमा सांस्कृतिक साँझ कार्यक्रमको लागि डीसी आएका हुन् ।

डीसीमा रहदा पनि सिफारिस गरिएकै चिकित्सकसँग डायलसिस गराइरहेका छन् । उक्त रकमको धनादेश (चेक) उनलाई हस्तान्तरण गरिने भएकोले उनी स्वयम उपस्थित भएका थिए ।

बिष्टको स्वास्थ्य उपचारको सहयोगार्थ कोष बृद्धि गर्ने उदेश्यले गरिएको सांगीतिक कार्यक्रममा अपेक्षा गरे भन्दा निकै कम दर्शकहरु आएका थिए ।

चारकर्मीलाई ईनास भर्जिनियाका सचिव कृष्ण श्रेष्ठले कूल १६ हजार ५ सय ५ डलर उठेको बताए l यसै गरी खर्च ८ हजार ६ सय ८७ डलर भएको जानकारी दिएका छन् ।

जनवरी २० तारिखमा सांस्कृतिक सांझ कार्यक्रममा १० हजार डलर दिने घोषणा गरेता पनि आज रकम हस्तान्तरण कार्यक्रममा १ हजार डलर बढाएर ११ हजार डलर प्रदान गरिएको छ । उक्त रकम गो फन्ड खाता समेत मिलाएर १६ हजार ५ सय ५ डलर भएको जनाएको छ ।

सचिव श्रेष्ठले यस्तो बिपतमा यस्ता कलाकारलाई समुदायको ठूलो सहयोग पाउने अपेक्षा गरिएको भएता पनि सहभागिता निकै कमजोर पुग्न गएकोमा दुख लागेको बताए ।

करिब १ हजार क्षमताको कार्यक्रम स्थल भएता पनि टिकट बिक्रि जम्मा ३ सय ७५ मात्र भएकोले यस्तो बेलामा एक जुट हुन् नसकेको र हामी यस्ता कुराम गम्भीर नभएकोमा दुख लागेको जनाए ।

पप सम्राट बिष्ट ,लगायत बाहिर बाट आएका कलाकारलाई खान र बसोबास को मात्र व्यवस्था गरिएको र अन्य कार्यक्रममा लागेको खर्च सवै पृथकसँग राखिएको जानकारी दिएका छन् ।

यसैगरी नेपालबाट आएका कलाकार सरोज खनालले यस पटकको अमेरिका यात्रा नै ओम दाई (ओम बिक्रम बिष्ट)सँग ईश्वरले नै भेट गर्ने जुराएको ले भेट हुन् पाउदा हर्ष लागेको बताए ।

नायक खनालले ओम बिक्रम बिष्ट सहयोगार्थ कोष वृद्धि कार्यक्रम भर अहोरात्र खटेका थिए । उनले ओम बिक्रम बिष्टलाई दाई भन्दै सम्बोधन गर्दै भने,’दाई तपाईको स्वास्थ्य लाभ होस् र फेरि यहाँका सदाबहार गीत गाउन सक्नु होस ।’

सरोज खनालले डीसी क्षेत्रका नेपाली समुदायको उपस्थिति निम्न र पातलो रहेकोले दुःख ब्यक्त गर्दै आफूले संचालन गरेको युनाईटेड नेपाल द्वारा आयोजना गर्ने मनोरंजन गर्ने कार्यक्रममा खचाखच भिड हुन्थ्यो भने यस्तो अवस्थामा रहेका कलाकारलाई सहयोग गर्न नजुटेकोमा मानिसलाई यस्तो हुन् पनि सक्ने ध्यानाकर्षण गराएका छन् ।

घाटीको समस्या भएका ओमबिक्रम बिष्टले कष्ट साथ बिस्तारै बोल्दै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )लाई बिशेष धन्यबाद दिएका छन l उनले आफ्ना प्रशंसक तथा कलाकारलाई माया गर्ने सवैलाई सम्झना गरे ।

पप सम्राट बिष्टले ईनास अमेरिकाका आनन्दु लामा ,ईनाशका भर्जिनिया शाखाका अध्यक्ष गोविन्द श्रेष्ठ ,सरोज खनाल ,किरण प्रताप केसी ,ईनासका सल्लाहकार रमेश मैनाली तथा महासचिव कृष्ण श्रेष्ठ लाई बिशेष धन्यबाद दिएका छन् । उनले ईनेप्लिज कि सहयोगी हात सच्ची मैनालीले लिएको अन्तर्वार्ता को व्यापकता भएकोले धन्यबाद दिएका छन् ।

यसै गरि ईनास अमेरिकाका लागि क्षेत्रीय संयोजक हरि शर्माकलाकार ओम बिक्रम बिष्ट स्वास्थ्य लाभ को कामना साथै बिशेष धन्यबाद दिए ।
ईनास अमेरिकाका आनन्दु लामाले जिउदा श्रस्टा लाई सम्मान गरौ भन्ने नारा लाई व्यापक गराई सार्थक बनाएका छन् । यसको साथै ईनासले ‘हामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने’ नारा मार्फत संदेश समुदायमा पुर्याउन सफल भएका छन् ।

पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ नामक कार्यक्रममा स्थानीय कलाकार तथा बाह्य राज्यबाट आएका कलाकारहरु गीत तथा नृत्य प्रस्तुति गरेका थिए ।

कलाकारहरु सपना श्री ,राम श्रेष्ठ ,जगदीश समाल ,पुनम प्रधान ,नविन केसी ,संजिव प्रधान ,सरिस्मा अमात्य ,सुधान्सु जोशी ,लुना श्रेष्ठ ,पासा ब्याण्ड ,सुपर मम को बिशेष प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रममा लाउडन काउन्टी बोर्ड अफ सुपर भाइजर्सकि सभापति फिलिस जे रयानडललाई उनले आफ्नो सरकारी वेबसाइट (संजाल)मा नेपाली भाषा लाई पनि राखेकी हुनाले उनलाई सम्मान गरिएको थियो ।

पप सम्राट ओम बिक्रम बिष्ट ले करुणा र दयाको भावनाको उद्देस्यले आफू पनि बाचौ अर्कालाई पनि बचाऔ भन्दै भरतपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका बिबेक आचार्यलाई आफूले प्राप्त गरेको ११ हजार डलर मध्ये बाट १ हजार डलर दिने घोषणा गरेका छन् ।

नर्थ क्यारोलिनामा ओम बिक्रम बिष्टको सहयोगार्थ एक घन्टा भित्र २ लाख १० हजार जुट्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK