म थाकेको छैन : म हारेको छैन

ENGLISH

म थाकेको छैन : म हारेको छैन

10 September, 2017 | Sandeep Bhattarai | 4645 Views | comments

विश्वमान आङ्गदेम्बे

अमेरिकावासी सम्पूर्ण एनआरएन दाजु-भाई, दिदि -बहिनी, तथा बुवा-आमाहरूमा हार्दिक नमस्कार निर्वाचन हुनु नै सबैकोजीत ! भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा सर्वप्रथम मलाई आशा, माया, तथा विश्वास गरेर मत दिनुहुने करिब ३,००० एनआरएन सदस्यहरुलाई म भित्र हृदयदेखिनै धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

निर्वाचन जित्नुभएका मेरा प्रतिपक्षी पवन योञ्जनजीलाई बधाई दिन चाहन्छु। जित्नुहुने पून:निर्वाचित अध्यक्ष डा. केशव पौडेल लगायत ३१ जनै नव-निर्वाचित एनसीसी र आईसीसीका पदाधिकारी तथा सदस्यहरु तथा २० वटा च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई दिन चाहन्छु।

साथै, विभिन्न बाधा-अड्चन पार गरेर अन्तत: सफलतापूर्वक निर्वाचन गराउन सफल हुनु भएकोमा प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल तथा निर्वाचन आयोगलाई धन्यवाद तथा बधाई दिन चाहन्छु।अनि आफ्नो अमूल्य मत खसाली यो लोकतान्त्रिक अभ्यासबाट संस्थालाई अगाडी बढाउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।

लामो समय देखि अवरुद्ध यो निर्वाचन हुनु नै हामी सबैको जित हो I व्यक्तिले हारे पनि संस्थाले हार्नु हुदैन I संस्थालाई संस्थागत गर्दै प्रणालीमा लाने र दिगो बनाउन आवधिक निर्वाचनको अत्यन्त जरूरी छ I “व्यक्ति भन्दा संस्था र संस्था भन्दा नेपाली समुदाय ठूलो हो I “निर्वाचित सदस्यहरुले एनआरएन अमेरिका एक संस्थाको दीगो हीतको लागि काम गर्नुपर्छ भने एनआरएन अमेरिका एक संस्थाले सम्पूर्ण नेपाली समुदायको दिगो हितको लागि काम गर्नुपर्छ I

लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न यो निर्वाचनको नतिजालाई आफू अनुकुल व्याख्या नगरी आत्मसात गर्न तथा कुनै पूर्वाग्रह नराखी अब बन्ने नयाँ बोर्डलाई सहयोग गर्न म मजस्तै निर्वाचित हुन नसकेका सबै उम्मेदवार साथीहरुलाई आव्हान तथा आग्रह गर्दछु I हार-जित बिनाको निर्वाचन नै हुँदैनI १००% लाई स्वीकार्य निर्वाचन कहीं पनि हुँदैन I हामी सबैका थोर-बहुत कमि-कमजोरी छन् इ

एकै चोटी सबै सुधारको अपेक्षा गर्न सकिन्न I क्रमिक रूपमा सुधार हुदै जानेछा तपाई-हामी आफू नसुध्रे सुधार न आकाशबाट न धरतीबाट आउने छइ हामी प्रत्येकोको सोच-विचार र आचरणमा सुधार आउनु पर्नेछ I भित्रबाट सुधार नआए बाहिरबाट केहि हुनेवाला छैन I पहिलेको भन्दा अहिलेको निर्वाचनमा बढी सुधार भयो I अर्को निर्वाचनमा अझ बढी सुधार गर्नुपर्नेछ, तपाई-हामी मिलेर नै I

निर्वाचनको हार-जीतको खेलले व्यक्तिगत सम्बन्ध नबिगारौं अनि ब्यकिगत पूर्वाग्रहले संस्थालाई नै हानी हुने काम नगरौं इ संस्था रहे पो निर्वाचन अनि हामी संस्था नै नरहे के को निर्वाचन अनि के को हामी? निर्वाचनको नतिजालाई शीरोधार्य गरी संस्थालाई अगाडी बढाउन सबैले सहयोगी भूमिका खेलौंI

म एनआरएनमा निर्वाचनको लागि आएको मान्छे हैन इ निर्वाचन अघिपनि म सक्रिय थिएँ र निर्वाचनपछि हारेपनि म सक्रिय रहनेछुIकाम गर्नेलाई पद भए अवश्य सजिलो हुन्छतर काम गर्नलाई पद नै चाहिन्छ भन्ने छैन इ तर, यो निर्वाचन लगायत अन्य क्षेत्रीय संगठनको निर्वाचनले के बार-बार पुष्टि गरेको छ भन्दा “काम गरेर मात्र हुँदैन रहेछ संस्थामा, संगठन विशेषगरी सदस्यतामा पकड हुनुपर्दो रहेछ I “

नत्र, जति नै कम गर्ने मान्छे पनि हार्ने पक्का रहेछIअनि पद ओगटेर काम नगर्ने, यहाँ सम्मकि मिटिंग पनि उपस्थित नहुनेहरु निर्वाचित हुँदा रहेछनI अनि, संस्था जहींको त्यहीं हुँदो रहेछ I म एनआरएन अमेरिका यसरि चल्नुपर्छ भन्ने दृष्टिकोण , मार्गचित्र, र सिद्दान्त बोकेर आएको मान्छे हुँ I एउटा नयाँ अभियान बोकेर आएको मान्छे हुँ I कुनै रहरले हैन I तसर्थ म मलाई विश्वास गर्नुहुने ३,००० मतदाताहरुलाई के भन्न चाहन्छु भने, तपाइको विश्वासलाई मैले तोड्ने छैन I यो निर्वाचन हारे पनि मैले हरेश खाएको छैन I

मैले मैदान छाडेको छैन I यो निर्वाचनमा विविध कारणले हारेसंगै यो निर्वाचनबाट पाठ सिक्दै अत्यन्त विश्वासिला, नैतिक विचार बोकेका, मूल्य-मान्यतामा चल्ने, अनि उस्तै सोचाई राख्ने साथिहरुसंग मिलेर अहिले देखिने २०१९ को निर्वाचनको लागी सोच बनाइ अगाडी बढ्नेसोच बनाएको छु I म लडेको हुला तर मेरा दृष्टि गन्तव्यमै छन् I उठेर मेरा कदम अगाडी नै बढ्ने छन् I युद्धको मैदानबाट विचमै भाग्ने म योद्धा हैन I यो अभियानलाई गन्तव्यमा नपुर्याई म थकाइ मार्ने छैन I यो मेरोअभियान जारी छ I म फेरी फर्कने छु २०१९ मा !

विश्वमान आङ्गदेम्बे,
सह-कोषाध्यक्षका भूतपूर्व उम्मेदवार,
अत्लान्ता,जर्जिया

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK