म्यानमारमा मिस्टर मोडल अफ द वल्र्ड बने नेपाली मोडल दिक्पाल कार्की

ENGLISH

NRN GLOBAL

म्यानमारमा मिस्टर मोडल अफ द वल्र्ड बने नेपाली मोडल दिक्पाल कार्की

7 September, 2018 | Sandeep Bhattarai | 1680 Views | comments

म्यानमारमा मिस्टर मोडल अफ द वल्र्ड बने नेपाली मोडल दिक्पाल कार्की

म्यानमारमा सम्पन्न ‘मिस्टर मोडल अफ द वल्र्ड २०१८’ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका हुन् ।

प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते ।

दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तराष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् ।सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

दिक्पाल लागे “लाहुरेको छोरी” प्रमिलाको पछि (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK