म्यानमारकी विदेशमन्त्री सुकी थाइल्यान्डमा

ENGLISH

WORLD

म्यानमारकी विदेशमन्त्री सुकी थाइल्यान्डमा

24 June, 2016 | Krishna Adhikari | 2220 Views | comments

suhciम्यानमारकी विदेशमन्त्री आङ सान सुकी आफ्नो औपचारिक भ्रमणका लागि बिहीबार थाइल्यान्ड पुग्नुभएको छ । उहाँ थाइल्यान्ड पुग्नुहुँदा उहाँलाई विशेष स्वागत गरिएको थियो । उहाँ यहाँ आइपुग्दा विभिन्न पेसा र व्यवसायका लागि थाइल्यान्डमा रहेका म्यानमारका नागरिकले पनि स्वागत गरेका थिए ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको स्वागतका लागि विशेष सुरक्षाको पनि प्रबन्ध गरिएको बताइएको छ । उहाँको दलले गएको अप्रिल महिनामा सत्तारोहण गरेको थियो । त्यसपछि उहाँ राष्ट्रिय सल्लाहकार परिषद्को प्रमुखका रुपमा पनि रहनुभएको छ ।

विदेशमन्त्रीका रुपमा थाइल्यान्ड उहाँको पहिलो भ्रमण हो । उहाँले यहाँ रहँदा थाइल्यान्डको पश्चिमी क्षेत्रमा रहेको एक म्यान्माली शरणार्थी शिविरको भ्रमण गर्ने कार्यक्रम रहेकोमा त्यो भने रद्द भएको जनाइएको छ । उक्त शिविरमा म्यान्मारका करिब छ हजार शरणार्थी रहेका छन् । थाइल्यान्ड सरकारले उहाँको उक्त शिविरको भ्रमणको कार्यक्रम रद्द भएको जानकारी आज नै गराएको थियो ।

विदेशमन्त्री सुकीले आगामी शनिबार सो शिविरको भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो । तर उहाँले सो शिविरको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा भने केही बताउनुभएको छैन । रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK