म्यानचेस्टर हमलामा कोही पनि नेपाली परेको छैनः नेपाली दूतावास

ENGLISH

WORLD

म्यानचेस्टर हमलामा कोही पनि नेपाली परेको छैनः नेपाली दूतावास

26 May, 2017 | Bipin Acharya | 540 Views | comments

ब्रिटेनको म्यानचेस्टर शहरमा सोमबार राती गरिएको हमलामा कोही पनि नेपाली नपरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

Police set up a cordon outside the Manchester Arena in northern England where U.S. singer Ariana Grande had been performing in Manchester, Britain, May 22, 2017. REUTERS/Jon Super

दूतावासका प्रवक्ता शरदराज आरणले मंगलबार बिहान म्यानचेस्टरस्थित नेपाली संघसंस्थाहरुसंग सम्पर्क गर्दा त्यहाँ बसोबास गर्ने कोही पनि नेपाली सो घटनामा परेको कुनै खबर नआएको बताए।

उनले यस्ता घटनाहरुप्रति सजग र सुरक्षित रहन ब्रिटेनस्थित नेपाली समुदायलाई आग्रह पनि गरे। लण्डनबाट २६२ किलोमिटर टाढा पर्ने म्यानचेस्टर शहरमा नेपालीहरुको सानो समुदाय बसोबास गर्दछ।

ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ग्रेट म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले दिएको जानकारी अनुसार उक्त घटना म्यानचेष्टरमा अहिलेसम्म भएको सबैभन्दा भयानक हो। म्यानचेस्टरमा सुरक्षाका लागि ४०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।

हपकिन्सले उक्त घटनालाई आतंकवादी हमला मानेर छानबीन अघि बढाइएको बताए।

एक जना व्यक्तिले सो हमला गराएको विश्वास प्रहरीको रहेको पनि बताए।

ब्रिटेनकी गृहमन्त्री एम्बर रडले उक्त बर्बरतापूर्ण आक्रमणमा जानाजानी युवाहरुलाई निशाना बनाइएको बताइन्। म्यानचेष्टर एरिनामा चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेको प्रस्तुति सकिएपछि सो विस्फोट भएको थियो।

उक्त हमलापछि उनले आफ्नो साङ्गीतिक विश्व यात्रा स्थगित गरेकी छन् र घटनाप्रति दु:ख व्यक्त गरेकी छन्।

– बिबिसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK