म्याग्दीका मतदाताको अपेक्षा – शान्ति, विकास र समृद्धि

ENGLISH

म्याग्दीका मतदाताको अपेक्षा – शान्ति, विकास र समृद्धि

27 November, 2017 | Bhawana Pathak | 865 Views | comments

आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् ।

विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका छन् ।

बिहान ७ः०० बजे बेनी नगरपालिकाको हंशवाहिनी मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गर्नुभएका ९६ वर्षीय रणबहादुर सुवेदीले देशमा शान्ति र विकास भएको हेर्न चाहेको बताउनुभयो । “देशमा धेरै व्यवस्था फेरिए, धेरै पटक भोट हालेँ”– बयोवृद्ध सुवेदीले भन्नुभयो, “तर जनताको अवस्थामा सुधार र जिल्लाको विकास भने हुन सकेन, अब चुनिने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।”

सोही मतदान केन्द्रबाट पहिलो पटक मतदान गरेकी रुपा सापकोटाले निर्वाचन जितेर आउने प्रतिनिधिले जनताका आवश्यकता र जिल्लाको विकासलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै आफ्नो मतको सदुपयोग गरिदिन आग्रह गर्नुभयो ।

ज्यामरुककोटको अर्जुन मावि मतदान केन्द्रबाट मतदान गरेका नारायण शर्माले नागरिक अधिकारको सदुपयोग गर्न र योग्य जनप्रतिनिधिको छनोट गर्न आफूले मतदान गरेको बताउनुभयो ।

जिल्लाका ७२ मतदान स्थल र १०६ वटा मतदान केन्द्रबाट बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको थियो । सबै मतदान केन्द्र र मतदान स्थलमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका सबै मतदान स्थल र केन्द्रमा वृद्धवृद्धा,अपांगता भएका, अशक्त महिलालाई सबैभन्दा पहिला मतदान गराइएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK