मौसमी सूचना प्रणालीलाई व्यवस्थित बनाउन राडार राख्ने तयारी

ENGLISH

मौसमी सूचना प्रणालीलाई व्यवस्थित बनाउन राडार राख्ने तयारी

9 January, 2017 | Krishna Adhikari | 935 Views | comments

download-60

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ ।

मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ ।

तीमध्ये सुर्खेतको राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माण अन्तर्गत आर्थिक सहयोग रहनेछ भने बाँकी दुई स्थानको राडराका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित सबै खर्च प्रतिराडर करिब रु २० करोड पर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ ।

हाल सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पहिला नै सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका एक सय २० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ ।

सो सङ्ख्यालाई विभिन्न स्थानमा बढाएर तीन सय पु¥याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने बताइन्छ । स्वचालित उपकरण सीमित ठाउँमा भएकाले मौसमी सूचना समेट्न समस्या भएकाले विस्तार गर्न लागिएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी सूचना सङ्कलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने गरेको छ ।

मौसम सूचना
मौसमविद्का अनुसार पृथ्वीको सतहदेखि १६ किमी माथिसम्मका विभिन्न स्तरका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भूउपग्रहबाट प्राप्त तस्बिर पनि प्रयोग गर्ने गरिएको छ । आधुनिक प्रविधिको प्रयोगका कारण पछिल्लो समय मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्को धारणा छ । भूउपग्रहको तस्बिर र वायुमण्डलको अवस्था हेरेर पनि मौसमको भविष्यवाणी गरिन्छ ।

महानिर्देशक शर्माले भूउपग्रही र विश्वव्यापी ढाँचा वेदर रिसर्ज एन्ड फोरकास्ट (डब्लुआरएफ)बाट अहिले मौसमी सूचना सङ्कलन गरिँदै आएको बताउनुभयो ।

सो मोडलबाट विश्वभरबाट तथ्याङ्क लिएर नेपालको मौसमको भविष्यवाणी गरिन्छ । मौसम विभागले आफ्नो सेवालाई अझ व्यवस्थित र विस्तारित गर्न बबरमहलस्थित पुरानो कार्यालय परिसरमा पाँचतले सुविधासम्पन्न भवन निर्माणको काम पनि अघि बढिरहेको जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK