मोसु कतारको कार्यशाला गोष्ठी सम्पन्न

ENGLISH

NRN GLOBAL

मोसु कतारको कार्यशाला गोष्ठी सम्पन्न

24 July, 2017 | Sandeep Bhattarai | 930 Views | comments

मोसु कतार

कतारको क्रियाशील सामाजिक संस्था मोरङ्गसुनसरी सेवा समाज (मोसु) ले प्रदेश नं. एक (१) का १४ वटा सामाजिक संस्थाहरुका बीच “संस्था संचालन सम्बन्धि आधारभुत सिप” विषयक एक दिने कार्यशाला गोष्ठी गत शुक्रवार २१ जुलाईका दिन आयोजना गरी सम्पन्न गरेको छ ।

प्रदेश नम्वर एक (१) का विभिन्न जिल्लालाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांग सेवा समाज, भोजपुर सेवा समाज, धनकुटा सेवा समाज, प्रवासी झापाली सम्पर्क मंच, इलाम सेवा समाज, तेह्रथुम सेवा समाज, ओखलढगा सेवा समाज, संखुवासभा सेवा समाज, पाँचथर सेवा समाज, उदयपुर सेवा समाज, धराने आउट अफ धरान, इटहरा सेवा समाज, लालभित्ती युवा समाज र कटुवाल बन्धु एकता समाजको सहभागितामा सो गोष्ठिको आयाजेना गरेको थियो ।

कतार र नेपालको प्रदेश नंं १ का विभिन्न जिल्लालाई कार्यक्षेत्र वनाई कार्यरत ति संस्थाका ३५ भन्दा वढि प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सो गोष्ठीले विशेष गरि संस्था संचालनका लागि आवश्यक आधारभुत सिप तथा संचालन पद्दतिको बारेमा सहजकर्ताहरुले आधारभुत प्रशिक्षण दिएका थिए ।

मोसु कतार

सो गोष्ठीमा कुमार कार्की, बिनोद भट्टराई, विनेश तामाङ्ग र लोक बहादुर तामाङ्गले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । गोष्ठीमा आयोजक संस्थाको तर्फबाट आफ्नो भनाई राख्दै मोरङ्गसुनसरी सेवा समाज कतारका अध्यक्ष योगेन्द्र कार्कीले संस्थाहरुको स्तरोन्नती गर्न तथा संस्थाहरुबीचमा सहकार्य तथा एकिकृत कार्यक्रमको भावनालाई जागृत गर्नका लागि सो गोष्ठीको आयोजना गरिएको जानकारी दिएका थिए । गोष्ठीमा सहभागि प्रतिनिधिहरुले गोष्ठी संस्था संचालनका लागि फलदायि भएको धारणा व्यक्त गर्दै आयोजक संस्थाले गरेको प्रयासको सरहना गरेका थिए ।

मोरङ्गसुनसरी सेवा समाज कतारको अध्यक्षमा कार्की

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK