मोबाइल एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ता

ENGLISH

TECH

मोबाइल एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ता

मोबाइल व्यवसायीमा थपियो उत्साह

26 September, 2016 | Sandeep Bhattarai | 1665 Views | comments

मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ मा दैनिक २० हजार भन्दा बढि भिजिटर्स पुग्ने गरेका छन् ।

मोबाइल एक्स्पो

शुक्रबारदेखि सुरु भएको एक्स्पोमा ३ दिनमै ५० हजारले अलवोकन गरिसकेका छन् । पहिलो दिन १० हजारले अवलोकन गरेको मोबाइल एक्स्पोमा दोश्रो र तेश्रो दिन २०/२० हजार अवलोकनकर्ता आएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।‘भिजिटर्सहरुको संख्या क्रमश बढिरहेको छ, ५० हजारले भिजिटर्स आईसक्नुभयो, व्यवसायीहरु पनि उत्साहित भएका छन्’, अध्यक्ष श्रेष्ठले भने ।

उनले पछिल्ला दिनहरुमा अवलोकन कर्ताहरुको संख्या अझै वृद्धि हुँदै जाने दावी समेत गरे । भिजिटर्सहरुको संख्या र व्यापार समेत बढेपछि मोबाइल व्यवसायीमा उत्साह थपिएको छ ।द वल्र्ड भिजन मोबाइलका संगम राईले एक्स्पोले सिटिसी मोबाइल बजारलाई मोबाइल हबका रुपमा विकास गर्न सघाउने दावी गरे । उनले भिजिटर्सको फ्लोले सिंगो मलको व्यवसायीक छवी सुधार हुने समेत बताए ।

सिटिभी मोबाइलका सेल्स मेनेजर सन्दिप उप्रेतीले भिजिटर्सको नजरमा सामसङ र हुवावे मोबाइल अत्याधिक परेको बताए । अवलोकन कर्ताहरुको बाक्लो उपस्थिती र वृद्धि भैरहेको बिक्रिका कारण आफु उत्साहित रहेको धारणा व्यक्त गरे । त्यस्तै, ग्रीन एप्पल आइटी हबका अमिर देउलाले सामान्य अवस्था भन्दा ८० प्रतिशतले भिजिटर्सको संख्या बढेको बताए ।

द रेड मोबाइलका सुरेन्द्र उप्रेतीले अवलोकनकर्ताहरुको फ्लोका कारण सिटिसी मोबाइल बजार भूकम्प अघिकै अवस्थामा पुग्ने अपेक्षा व्यक्त गरे ।एक्स्पोमा भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।

एक्स्पोमा आउने अवलोकन कर्ताहरुले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।

सिने द सेफ सिनेमा हल, नेचुरल स्पा, जिम हल, किड जोन, रेष्टुरेन्ट लगायतका सुबिधासहितको सिटिसी मलमा आयोजना गरिएको मोबाइल एक्स्पोले मललाई मोबाइल हबका रुपमा स्थापित गराउने आयोजकले दावी गरेका छन् ।एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले शुक्रबार उद्घाटन गरेका थिए ।

एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।

मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।

धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।

निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।

मोबाइल एक्स्पो २०१६ शुक्रबार बाट सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK