मोबाइलबाट सजिलै विश्वकप फुटबल हेर्न सकिने ‘नेटटिभी स्पोर्टस् एप’ सार्वजनिक

ENGLISH

SPORTS

मोबाइलबाट सजिलै विश्वकप फुटबल हेर्न सकिने ‘नेटटिभी स्पोर्टस् एप’ सार्वजनिक

13 June, 2018 | Sandeep Bhattarai | 2625 Views | comments

विश्वकप फुटबल हेर्ने समय तालिका मिलाउन नसक्नेहरुका लागि ‘न्यू आइटीभेञ्चर कर्पोरेशन लि. नेपाल’ले मोबाइलबाट सजिलै विश्वकप फुटबल हेर्न सकिने ‘नेटटिभी स्पोर्टस् एप’ सार्वजनिक गरेको छ ।

यो एपमार्फत फुटबल हेर्ने र विजेताहरुको भविष्यवाणी गर्नेहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।आफ्नो मोबाइलबाट नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु जहाँबाट पनि सजिलै हेर्न सकिने नेटटिभी एप लञ्च गरिसकेको न्यू आइटीभेञ्चरले विश्वकपकै लागि भनेर विशेष फिचरसहित नयाँ एप सार्वजनिक गरेको छ ।

विश्वकप फुटबललाई लक्षित गरी नेटटिभी स्पोर्ट्स एपका रुपमा यो एप गुगल प्लेस्टोरबाट नेटटिभी स्पोर्ट्स सर्च गरेर डाउनलोड गर्न सकिनेछ । यो एप web.nettv.com.np र मोबाइलका ब्राउजरबाट पनि हेर्न सकिनेछ ।

नेटटिभी नेपालको पहिलो IPTV र OTT हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत ११५ च्यानलहरु हेर्न सकिनेछ । नेटटिभीको उपयोगकर्ता करीब १० लाखको हाराहारीमा छन् । यिनै ग्राहकको सुविधा र चाहनालाई ध्यानमा राखी नेटटिभी स्पोर्ट्स एप सार्वजनिक गरेको हो ।

न्यू आईटीभेञ्चरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विश्वकप फुटबल सहजै हेर्न सकिने गरी नयाँ एप ल्याएको हो । यो एप विश्वकप फुटबलसंगै विश्वका ९ वटा प्रमुख स्र्पोट्स च्यानल हेर्न सकिनेछ । नेटटिभी डाउनलोड गरेकाहरुले त्यसैबाट र नगरेकाहरुले एपस्टोरबाट डाउनलोड गरेर आफ्नो फेसबुक एकाण्डबाट लगइन गरी वा नयाँ एकाउण्ट बनाएर पनि हेर्न सकिनेछ ।

यो एपमा स्पोर्ट्स च्यानल लाइभ स्ट्रिमिङ, लाइभ स्कोर, म्याच फिड, हाइलाट्स, लाइभ कमेन्ट्रीका साथमा विश्वकप फुटबलको प्रत्येक खेल अघि विजेता टोलीको घोषणा गर्ने दुईजनालाई दैनिक आकर्षक पुरस्कार प्रदान गरिनेछ र विजेताको घोषणा पनि एपमै गरिनेछ ।

कम्पनीका अनुसार यो एपलाई विश्वकप फुटबलपछि पनि निरन्तरता दिइने र खेलप्रेमीहरुको चाहना र रुची अनि सुझाव अनुसार परिमार्जन गर्दै लगिनेछ ।

यो एपको प्रमुख प्रायोजकका रुपमा ‘बिबि होलिडेज’, ‘वल्र्ड लिंक’, ‘सस्तो डिल’, ‘भायोनेट’, ‘खल्ती’, ‘बुलगार्ड इन्टरनेट सेक्युरिटी’ लगायतका छन् । यी कम्पनीहरुले विश्वपको सुरुवाती खेलका विजेताहरुको नाम मिलाउनेदेखि फाइनलखेलको विजेताको नाम मिलाउनेसम्मलाई आकर्षक पुरस्कार दिइनेछ ।

‘नेटटिभी स्पोर्टस् एप’ डाउनलोड गरेपछि बस, कार, पार्क, रेष्टुरेन्ट जता भए पनि आरामले विश्वकप फुटबल हेर्न सकिनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK