मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

ENGLISH

NRN GLOBAL

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

17 July, 2018 | Kabiraj Adhikari | 3965 Views | comments

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्मार्ट टिभी सहयोग गरेको छ ।

जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको जानकारी दिने उद्देश्यले कालीपुलमा स्थापना गरिएको केन्द्रलाई मोना कतारले स्मार्ट टिभी र प्रोजेक्टर सहयोग गरेको हो ।

सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षेत्रीले सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा म्याग्दी भ्रमण वर्ष—२०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने सचिव क्षेत्रीले बताउनुभयो ।

यस अगाडि पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिने गरी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा सञ्चालित केन्द्रलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भ्रमण वर्षले जिल्लाका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसारले भविष्यमा पर्यटकको आगमन बढ्ने बताउनुभयो ।

सोही अवसरमा सूचना केन्द्रका संयोजक शाक्यले स्मार्ट सूचना केन्द्रको अवधारणाअनुसार सञ्चालित केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, दशकौँ अगाडि खिचिएका म्याग्दीका तस्वीर, सामाजिक, सांस्कृतिक, राजनीतिक, जिल्लावासीको पहिचान झल्कने तस्वीर र निःशुल्क इन्टरनेटसहित पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सूचना र जानकारी सूचना केन्द्रमा राखिएको जानकारी दिनुभयो । केन्द्रमा अवलोकन गरी होटल बुक गरेमा छुटका सुविधासमेत रहेको शाक्यले बताउनुभयो ।

मोना कतारद्वारा क्षेत्रीय उपाध्यक्ष खत्रीको बिदाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK