मोना कतारद्वारा क्षेत्रीय उपाध्यक्ष खत्रीको बिदाई

ENGLISH

NRN GLOBAL

मोना कतारद्वारा क्षेत्रीय उपाध्यक्ष खत्रीको बिदाई

तिलु शर्मा पौडेल, कतार ।

7 January, 2017 | Sandeep Bhattarai | 980 Views | comments

मोना कतार

“प्रवासी म्याग्देली दृष्टि, सम्बृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ् सन् २००३ देखि अनबरत रुपमा अघि बढेको म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार)ले सस्थाका भुतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साँझ एक कार्यक्रमकाबीच सम्मान तथा बिदाइ गरेको छ ।

रोजगारीको सिलसिलामा बिगत लामो समय देखि कतारमा कार्यरत खत्री कतारको बसाइलाई बिट मार्दै बिहिबार राति नै स्वदेश फर्कन लाग्नु भएको हो ।कार्यक्रमलाई संस्थाका कार्यवाहक अध्यक्ष किरण शाहीले सभापतित्व गर्नु भएको थियो । त्यस्तै भुतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

त्यस्तै मोना कतारका भुतपूर्व अध्यक्ष तथा मोना आइसीसीका क्षेत्रीय सचिव रेशम शाही सस्थापक अध्यक्ष तथा संरक्षक प्रेम रसाइली, सरक्षक बिक्रम कार्की, प्रमुख सल्लाहकार नन्द प्रसाद गर्बुजा विशेष अतिथिमा रहनु भएको थियो । सस्थाका कार्यसमितिका पदाधिकारीका साथै म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको थियो । कतारको साना मार्केट स्थित वेलकम डाइन रेस्टुरेन्टमा आयोजित कार्यक्रम सस्थाका उपाध्यक्ष बालकृष्ण आचार्यको स्वागत मन्तव्य संगै अघि बढेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार गर्बुजाले साँस्कृतिक, खेलकुद या कार्यसमितिमा होस् जहाँपनि जहिल्यै पनि जुनसुकै कार्य गर्न तत्पर देखिने आफनो एक पुरानो सहयात्रीलाई बिदाइ गरि रहदा पिडाबोध भएको भन्दै जिबन यति मै नसकिने हुदा बाकी जिबन र यात्रा सफल होस् भन्ने शुभकामना दिनु भयो । देश फरक भएपनि मन सधै एक भईरहने र जहाँ भएपनि सहकार्य नटुट्ने विस्वास सस्थाका संरक्षक बिक्रम कार्कीले व्यक्त गर्नु भयो । कार्यक्रममा सस्थाका सल्लाहकार रमेश पौडेलले संचारको यो जमानामा ज्यान टाढा हुने भयो तर याद र सहकार्य गरेका अतित कहिले पनि अतित नबनोस सधै ताजा बनि रहोस र यात्रा सुखद रहोस् भन्ने कामना गर्दछु भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

मोना आइइसीका भुतपूर्व अध्यक्ष तथा क्षेत्रीय सचिव रेशम शाहीले हिजोका दिनमा आफुलाई सस्थामा डोराउदै ल्याउने पथ प्रदर्शकलाई आज आफैले सस्थाबाट बिदाई गर्नुपर्दा पिडाबोध भएपनि यो एउटा अकाट्य सत्य हो कि हामि सबैले यो देशलाई ढिलो चाडो छाड्नु पर्ने हुदा जहाँ रहेपनि सामाजिक कार्यमा जोडी रहन आग्रह गर्दै सुखद यात्राको शुभकामना व्यक्त गर्नु भयो । कतारमा रहदा आफनो गा.वि.स.को सस्थामा अध्यक्ष जस्तो पदमा बसी सकेका व्यक्तिलाई यस सस्थाले त्यो बेला पाउनु नै आफैमा धेरै ठुलो उपलब्धि थियो मोना कतारका संस्थापक अध्यक्ष तथा संरक्षक रसाइलीको भनाइ थियो ।

संस्थामा आवद्ध भएको दिनदेखि आजसम्म अनवरत सहयात्रा गर्न पाउदा आफु खुसि रहेको बताउदै आफुले सिकेको सिप र ज्ञान गाउमा गएर पनि बाड्न र सामाजिक कामको सामिप्यतामा रहन आग्रह गर्दै बाँकी जिवन र यात्रा सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै बालकृष्ण खत्रीले छोटो समयको अवधिमा यसरी भव्य कार्यक्रमको आयोजना गरि सम्मान गर्नु भएकोमा संस्था प्रति आफु सधै ऋणी भएको आफुलाई यो देशको कानुन र कम्पनीले आप भित्रको खोया बनाउन खोजेको र त्यसको प्रतिकार गर्दा आफुले फल पाएको हुँदा जिवनमा सकेसम्म विदेश नपस्ने र पुनः विदेश पस्नु परेमा पहिलो गन्तव्य कतारलाई बनाउने उद्घोष गर्दै आफ्नै देशमा र जिल्लामा रहेर जिविको पार्जन गर्ने र मोना कतारसंग सधै नजिक रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मोना कतार

कार्यक्रमको अन्त्यमा बोल्दै सभापति शाहीले बिगतका दिनहरुलाई स्मरण गर्दै कतारमा मात्र नभएर आफ्नो गाउ पनि एकै भएको हुदा सहकार्य कहिले पनि नटुट्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सफल बनाउनका लागि उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सस्थाका महासचिव तिलु शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK