मोडल क्रोजको नेपालसम्बन्धी भिडियो सावर्जनिक

ENGLISH

ENTERTAINMENT

मोडल क्रोजको नेपालसम्बन्धी भिडियो सावर्जनिक

9 March, 2016 | arjun baral | 525 Views | comments

वोग म्यागेजिनकी कभर गर्ल डटजेन क्रोजले नेपालमा खिचेको डकुमेन्ट्री ‘डटजेन इन नेपाल’ सार्वजनिक गरेकी छन्। मोडल क्रोज गत पुसको पहिला साता महिला हिंसामाथि डकुमेन्ट्री खिच्न नेपाल आएकी थिइन्।

model

डान्स फर लाइफको सद्भावनादूत रहेकी मोडल क्रोजले नेपालको ग्रामीण र तराईका केही स्थानमा पुगेर ‘डटजेन इन नेपाल’ डकुमेन्ट्री तयार गरेकी थिइन्। नेदरल्याण्डको डान्स फर लाईफ नामक संस्थाले गीत र संगीतको माध्यमबाट एचआइभी र एड्सविरुद्ध युवाहरुलाई केन्द्रित गरेर जनचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्छ।

‘डटजेन इन नेपाल’ नामक डकुमेन्ट्रीको प्रोमो मंगलबार सार्वजनिक गरिएको हो। ३१ वर्षीया मोडलले सन् २०८ मा भिक्टोरिया सेक्रेन्टको ‘एन्जल’को उपमा समेत पाइकी थिइन्। २७ मिनेट लामो डकुमेन्ट्रीमा उनले नेपाल भइरहेको बाल विवाह र महिलामाथि हुने शारीरिक र मानसिक हिंसाविरुद्ध जनचेतना फैलाउने विषयलाई प्राथमिकता दिएकी छिन्। त्यसबाहेक उनले विभिन्न स्कुलमा पुगेर संञ्चालन गरेको जनचेनतात्मक कक्षाका दृश्यसमेत समेटिएको छ। मोडल क्रोज डब्लुडब्लुएफकी सहयोगी समेत हुन्।

मंगलबार सार्वजनिक भएको ‘डटजेन इन नेपाल’ डकुमेन्ट्रीको प्रोमोमा उनले नेपाल भ्रमणको अनुभव समेत सुनाएकी छिन्। ‘अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर वोग म्याकेजिनको नेदरल्याण्ड संस्करणले मेरो नेपाल भ्रमणबारे कभर स्टोरी प्रकाशन गरेको छ,’उनले फेसबुकमा लेखेकी छिन्,’नेपालको यात्रा मेरो लागि अविस्मरणीय रह्यो।’


-नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK